Logo

विविध

दैनिक आफिसिएल मेकअप कसरि गर्ने भनेर चिन्तितमा हुनुहुन्छ, अब ढुक्क हुनुहोस्



हरेक युवतीको राम्रो देखिएर हिँड्ने इच्छा हुन्छ युवतीहरूमा को भन्दा को कम हुने प्रतिस्पर्धा नै चल्छ । सुन्दर देखिन कमसेकम धेरथोर मेकअप त गर्नैपर्छ । यसकारण हरेक युवतीलाई आफ्नो मेकअप किटमा कुन–कुन प्रोडक्ट सामग्री हुनुपर्छ भन्ने कुराको जानकारी आवश्यक छ ।

आफू सुहाउँदो हरेक प्रोडक्टमा ध्यान दिनु जरुरी हुन्छ । मेकअप प्रोडक्ट पनि उच्चकोटीको हुनुपर्छ । अनुहारमा आफ्नो अमेरअनुसार न्याचुरल लुक्स कायम गर्न सक्नुपर्छ । आफ्नो सुन्दरतामा निखार ल्याउन प्राकृतिक लुक्स कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । सामान भएर मात्र हुँदैन त्यसलाई उचित तरिकाले प्रयोग गर्न जान्नुपर्छ अन्यथा सुन्दरतामा र्‍हास आउँछ ।

यसै बिच आज मैले लिएर आएको छु हजुरहरुको लागि दैनिक आफिसिएल मेकअप कसरि गर्ने बारे ।

Ponds BB Cream दैनिक प्रयोगको लागि एकदमै राम्रो छ । अरु क्रिम जस्तो धेरै भद्दा पनि देखिदैन जसले गर्दा नेचुरल लूक्स देखिन्छ । यो क्रिम लगाएसि कुनै प्राइमर, सनक्रिम लागाउनु पर्दैन १

फेस मेकअप :

सबैभन्दा पहिले अनुहारलाई राम्रोसँग क्लिन्जिङले सफा गर्ने । त्यसपछि ओपन पोर्स बन्द गर्न टोनर लगाउने र मोइररैज क्रिम लगाउने र त्यसपछि अनुहारमा प्राइमर लगाएपछि बीबी क्रिम पातलो लेयरमा लागाएर अनुहारमा पूर्णरूपले क्रिम ब्लेड गर्ने । त्यसपछि टान्सल्युसेट पाउडर लगाउने वा पोलिसिङ ब्रसले अनुहार पोलिस गर्ने । अन्त्यमा स्टुडियो फिक्सर लगाउने जसले मेकअपलाई फिक्स गर्छ ।

आइमेकअप :

आफ्नो इच्छाअनुसार गाजल वा आइलाइनरले सेप दिने । त्यसपछि बराउन आइस्याडो लगाउने । त्यसबाहेक मस्काराले आइब्रोको मुन्तिर आकार दिने अनि फेरि ब्रोज ब्रस गर्ने । गालामा गोल्डेन कलरको हाइलाइट लगाउने । अन्त्यमा आखामा मस्कारा प्रयोग गर्ने, मस्कारा जति बाक्लो लगाइन्छ आँखा त्यति नै आकर्षक देखिन्छ ।

लिप मेकअप : अनुहार सफा गरेपछि ओठलाई मुलायम बनाउन लिप बाम लगाई त्यत्तिकै छोड्ने जसले ओठलाई नरम बनाउँछ । मेकअप सकिएपछि ओठको आउटलाइन बनाएर लिपिस्टिक लगाई ग्लस प्रयोग गर्ने ।

यसरि सजिलै तरिकाले हाम्रो दैनिक आफिसिएल मेकअप पुरा हुन्छ । अफिसबाट बेलुका घर पुगेपछि नरिवलको तेलले अनुहार पुस्नुहोस र अनुहार फेसवासले धुनुहोस । र जुन तपाइको अनुहारमा सुट गर्छ त्यो टोनर र क्रिम र ओठमा लिप बाम लगाउनु होस् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १०:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।