Logo

मनोरञ्जन

श्रुतिलाई लागेको मदिरा लत, जसका कारण फिल्मबाट लिनु परेको थियो ब्रेक



बलिउडमा समेत चर्चित साउथ फिल्मकी अभिनेत्री श्रुति हसनले कुनै समय आफुलाई मदिराले नराम्ररी डुबाएको खुलासा गरेकी छिन् ।

हालै ३४ औँ जन्मदिन मनाएकी उनले लक्ष्मी प्रसन्नाको सोमा आफ्नो मदिराको लतको बारेमा खुलेर बताएकी हुन् ।

उनलाई एक समय ह्विस्कीको यति लत लागेको थियो कि यसकै कारण उनले फिल्मबाट ब्रेक नै लिएकी थिइन् ।

अभिनेत्री श्रुति साउथका सुपरस्टार कमल हसनकी छोरी हुन् । फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगितकार पनि हुन् ।

उनले आफ्नो पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षमै गीत गाएकी थिइन् । फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले सोनु स्टार फिल्म ‘रमैया वस्तावैया’ मा पनि भुमिका निभाएकी थिइन् । यसैगरी उनले अक्षय कुमारको फिल्म ‘गब्बर इज ब्याक’ मा पनि मुख्य भूमिका निभाएकी छिन् ।

विज्ञापनमा समेत खेलेकी उनी यतिबेला फिल्म क्षेत्रबाट टाढिँदै गएकी छिन् । अन्नपूर्ण पोस्ट

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार ११:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।