Logo

मनोरञ्जन

सन्नी लियोन अब निर्माता



बलिउड अभिनेत्री सन्नी लियोन निर्माता बन्ने भएकी छिन् । उनको निर्माणमा बन्ने पहिलो फिल्मको सुटिङ सुरु भइसकेको छ । तर उनले फिल्मको नाम खुलाएकी छैनन् ।

यसै वर्ष रिलिज गर्ने भएकाले सन्नी निकै उत्साहित छिन् । फिल्मको काममा उनका श्रीमान ड्यानिअल वेबरले पनि सघाइरहेको जनाउँदै उनले भनेकी छिन् , ‘मेरो फिल्ममा सामाजिक सन्देश छैन् । यो साइकोलोजिकल फिल्म हो’

सन्नीलाई बलिउडमा स्थान बनाउन निकै संघर्ष गर्नु परेको थियो । अब निर्माताका रुपमा पनि निकै संर्घष गर्नु परेको उनको बुझाइ छ । सन्नीले वास्तविकता दर्शाउदै भनेकी छन्, ‘बलिउडमा सलमान, आमिर र शाहरुख वा उनीहरुकै स्तरका ठूला फिल्मवालाहरुलाई बाहेक अरुलाई निश्चित बजेटमै खुम्चिनुपर्ने वाध्यता हुन्छ ।’

सन्नीले आफुसँग कुनै इगो नरहेको जनाउँदै सुटिङ स्पटमा जरुरी परे अरुलाई चिया बाँड्न पनि तयार रहेको अभिव्यक्ति दिएकी छिन् । उनले भनेकी छिन्, ‘मेरा लागी सबै बराबर हुन् । त्यसैले हाम्रो फिल्म निर्माण र सुटिङ निकै रोचक भइरहेको छ।’ एजेन्सी

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ११:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।