चिया खानु नेपालीहरुमा लत नै बसिसकेको छ । साधरण तया मानिसहरुले चिया खाईनै रहेका हुन्छन । त्यसमा पनि दूधहालेको चिया धेरैले मन पराउँछन् ।
झन जाडो मौसममा मानिसहरु खाजा र खानाकै रुपमा नियमित चिया पिउँछन् । तर स्वास्थ्यको हिसाबले दुध हालेको चिया भन्दा कालो चिया निकै लाभदायक मानिन्छ ।
कालो चियामा एन्टिअक्सिडेन्टका साथै सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पाइन्छ । कालो चिया सेवन स्वास्थ्यका लागि फाइदाजनक छ ।
कालो चिया खानुका फाइदाहरु
१. कालो चियाको नियमित सेवन मुटु रोगीका लागी फाइदाजनक मानिन्छ ।
२. कालो चियाँमा पाइने पोलिफिनाइल्स तत्वले क्यान्सरको खतराबाट बचाउँछ ।
३. नियमित कालो चिया पिउनाले हड्डीलाई बलियो बनाउन मदत गर्छ ।
४. उमेर धेरै भएपछि चियाँ पिएमा बुढोपनको लक्षण कम देखिन्छ ।
५. नियमित चियाँ पिएमा महिलाहरुलाई स्तन क्यान्सरको खतरा कम हुन्छ ।
६. झाडापखला तथा पेटसम्बन्धी रोगहरुबाट मुक्ति पाउन कालो चिया पिउनुपर्छ ।




















प्रतिक्रिया