प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको छायाँमन्त्री समेत रहेकी नेतृ तथा साँसद डा. डिला संग्रौलाले भिजिट भिषाको नामबाट मानव तस्करहरूले नेपाली युवायुवतीहरुलाई अवान्छित कार्यको लागि बिदेश लैजाने घिनलाग्दो घटना हामी नेपालीकालागी चिन्ताको विषय भएको बिचार व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेबुकमा स्टाटस मार्फत नेतृ संग्रौलाले यस्तो बिचार व्यक्त गरेकी हुन् ।
पछिल्लो समय यस्तो कार्य रोक्ने भन्दै बिभागिय मन्त्रीले अंग्रेजी राम्रोसँग बोल्न जान्नेलाई मात्र भिजिट भिषा दिने भन्ने अभिव्यक्ति आएपछि डा. संग्रौलाले अवान्छित कार्य रोक्ने नाममा कैयौ नेपालीलाई बिदेश घुम्न अयोग्य बनाउने कार्य हुनु भने उपयुक्त नहुने समेत लेखेकी छिन् । ‘मानव तस्करसङ्ग सम्बन्धित वैदेशिक रोजगार ब्यबसायी, ट्राभल एजेन्सी साथै श्रम र अध्यागमनका कर्मचारीहरुको मिलेमतोबाट हुने अबान्छित गतिबिधीलाई प्रभावकारी बनाउनुको सट्टा नागरिकको स्वतन्त्रता नै खोसिने गरि यो र त्यो बहानामा एसएलसि वा खरर अङ्ग्रेजी बोल्ने जस्तालाई मात्र भिजिट भिसामा पठाउने भन्ने हास्यास्पद काम नगरियोस्’– उनको फेसबुकमा उल्लेख छ ।
डा.संग्रौलाले सरकारलाई सचेत गराउँदै अन्तरास्ट्रिय कानूनको सम्मान गर्दै हिडडुलको स्वतन्त्रतालाई कायम गर्ने नैसर्गिक अधिकार नखोसियोस सरकार समेत भनेकी छिन् ।




















प्रतिक्रिया