प्रिय मान्छे,
अथाह माया अनि सम्झना
आज खास दिन । मायालु जोडीहरुको लागि । यो दिन मायालाई उत्सवको रुपमा मनाउने दिन । मैले आज यो दिनलाई उत्सवको रुपमा मनाऊ या शोक ? म अलमल परेको छु । हरेक बर्ष जस्तै यो दिनमा तिम्रो मायालु बोली सुन्न नपाउनुको पिडा त छ तर युगयुग पुग्ने तिमीले दिएको घाउलाई मैले आज फेरि सुम्सुमाउदै छु आफ्नै हातले ।
निकै पिडा भएको छ । यो सहन नसक्ने समयमा तिमीलाई अंगालो भरिको माया । तिमी त खाली छैनौ आज । तिमीले खुशीले कसैको अँगालोमा बेरिदा मेरो मायालाई सम्झाउला नसम्झौला तर पनि तिमीलाई मेरो अथाहा माया र सम्झना छ । तिमीलाई धेरै धेरै बधाई छ । मेरो साथ नभए पनि मायाको सागरमा पौडिएका छौ । अँ तिमीहरु दुबैलाई प्रेम दिनको कामना ।
आज खास तिमीले सधै भन्ने शब्द सापट लिएर तिमीलाई धेरै माया । तिमीले हर बर्ष भनेका हुन्थ्यौ युगयुग माया गर्नेलाई आजको दिनले खास अर्थ राख्दैन । युग भन्या मैले नबुझेको हो या तिमीले त्यस्को परिभाषा दिन नजानेको हो थाहा भएन । तर हेर न तिमीले कहिल्यै मेरो साथ नछोड्ने भनेको थियौ,के भयो तिम्रो बाचा ? के भयो तिमीले गरेको बाचा कसमहरु । तिमी खुशी छौ नि ? तिमीले मलाई गरेको हर बाचा मेरो लागि एक मुस्किल भएको छ । मैले फेरेको हर स्वाशमा तिमी नै तिमी हुन्थ्यो र आज पनि तिमी नै छौ । तिमी हुनुको आभासले त बाचेको छु ।
तिमीले दिएको हर चोटले निकै दुखेको बेला भन त मैले तिम्रो यादहरुमा कति आशु खर्चनु पर्ला ? हो तर तिमी त मैले माया गरेको मान्छे हौ नि । मेरो माया हौ तिमी । भन्छन माया पाउनु मात्र होइन गुमाउनु पनि हो । शायद गुमेको चिज धेरै महत्वपुर्ण हुन्छ । तिमी त्यो गुमेको अमुल्य हिरा हौ जस्लाइ मैले खोजीरहन्छु । तिमीले कहिल्यै कल्पना गरेका छौ मेरो ।
तिमीले हर दिन दिएको आश्वासनले मलाई कहिले काही अथाह पिडा हुन्छ । तिम्रो माया झुट भए पनि मैले साचो नै मानेको छु ,तिमीले गरेको बाचालाई निभाउन नसके पनि मैले तिमीलाई खुशी भएको हेर्न चहान्छु । तिमी खुशी छौ नि ? सधै खुशी रहने छौ । तिमीले भन्थ्यौ म तिम्रो ख्शी थिए । तर हर खुशी तिमी थियौ । तिम्रो खुशीको लागि मैले आफैलाई निकै निरीह बनाए ।
मैले तिम्रो ख्शीको लागि पलपल आफैलाई मार्न तयार भए । आफैमा मर्दै पनि छु । मरेर बाचेको यो प्रेममा मैले कति खेर तिमीसंग मटु साटेको थिए थाहै भएन । हर दिन तिम्रै अँगालोको आभासमा दिनहरु बिताएको छु । तिमीले गरेको झुटो मायामा आज म चौपारीको बुढो एक्लो बर जस्तै सुस्साइरहेको छु । यहा न कुनै रंगहरु पोतिएका छन् न कुनै चराहरु आएर बसेको छन् ।
एक हुल यादहरुको मलामी आएर मेरो अस्थिरपञ्जर कंगालमा कात्रो बेरेका छन् । के थाहा तिमीलाई मैले तिम्रो यादहरु जिवित गराउन मैले आफ्नै हातले मेरो घाटी कति पटक रेटेको छु । नियतिको दलदलमा परेको मोह विहिन जीवनलाई कति पटक घिसारेको छु मृत्युको मुखसम्म तर प्रिय मायालु म तिमीमा जिवित रहेको हुनाले हो या तिमी ममा जिवित भएको हुनाले हो मेरो मायामा कति पनि कमि आएको छैन । बरु आज भन्दा भोली तिमी हुनुको आभासले, बाच्दै छु । तिमीले फेरेको स्वासको आभास मेरो कानमा अझै पनि उस्तै तातो छ ।
तिमीले फेरेको स्वासको तालले मेरो हर दिन निद्रा खुल्छ । माया त मैले गरेको रहेछु । तिमी अभागी भनौ भने कसरी भनु तर भाग्यमानी पनि हौइन तिमी । किन भने मैले गरेको अथाह माया चिनेनौ ? मैले गरेको मायाको अर्थ चिनेनौ । तिमी प्रति यति धेरै माया छ । मेरो मायाको आभासलाई तिमीले एउटा झुटको सागरमा मलाई छोडेर रमायौ तर हेर न हर आभासमा तिमी मेरो करिव किन छौ ।
मैले लगाएको हर पोषाकमा तिम्रै राजाईमा किन ध्यान जान्छ । मेरो हर स्वासले तिमीसंगको हर यादहरु किन आभास गर्छ । तिमीले जस्तै मेरो मनले सोच्दैन र म तिम्रो प्रेमिका हु । तिमीलाई युगयुग माया गर्ने मान्छे हु । हुन सक्छ मेरो शरीरबाट मेरो मन निकाल तर पनि मेरो यादहरुलाई तिमीले जस्तो अलग गर्न सक्दिन ।
तिमी जहाँ हौ भौतिक रुपमा छौ तर मलाई विश्वास छ तिमीले मेरो मायालाई मेरो साथलाई याद गरेका छौ । हर रात हर दिन मैले जस्तै याद नगरौला तर याद जरुर गरेका हौला ? तिमीले मेरो सिरानीमा हात राखेर भनेका हुन्थ्यौ मेरो साथ कहिल्यै छुट्ने छैन तर जे भए पनि तिमीले जस्तै साथ छोड्न नमानेको मेरो मनलाई तिम्रो यादले झन दुख दिएको हुन्छ । प्रिय सागर भन्दा गहिरो र आकाश भन्दा सफा मनमा तिमीले कति धमिलो पारेका छौ त्यो आभास छैन तिमीमा । तिमी नै मेरो जीवनको मुल मन्त्र थियौ । मैले तिमीलाई जपे हर मोडमा ।
आज आकासमा शुन्य लागेको छ । यो शुन्यताको प्रहरमा ननिदाएको रात थियो । आकासमा हेरे धमिलो बादल भित्रको जुनले मलाई जिस्काउदै थियो । मैले सोचे तिमी त्यही जुन हौ जस्को कारण मेरो आँखाहरु झिमिक्क गर्न मानेन । पुर्वको झ्याल खोलेर मैले आजको सुर्यलाई हेरे तिमी हौ शायद । तिम्रो मन जस्तै धमिल भएका थियो आकास । तर मेरो मायाको हर बचनले तिम्रो ख्शीको कामना दिन्छ । मेरो मायाको यो सौगात हो यस्लाई तिमीले स्वीकार ल ।
मेरो माया तिमीले हास्नु पर्छ हर क्षण , हर समय । तिमीले उत्सव मनाउ हर क्षण । मेरो चोखो माया सधै तिमीलाई । प्रेम दिवशको दिन । फुलै फुलको उपहार दिन नसके पनि हर फुलको आभास तिमीलाई । सप्तरंगी रंगहरु तिम्रो जीवनमा घुलोस । मेरो तिमीलाई कामना छ । तिमी हासेकै सुहाउछ मेरा आँखामा आँशु बगे पनि । मैले तिमीले हासेको छौ भन्ने सुन्न पाउ जहिले पनि । मेरो मायालुलाई शुभकामना ।





















प्रतिक्रिया