‘चोरी खान पल्केको यो ढाँडे बिरालो’ बोलको गितबाट चर्चा र विवादमा आएका गाएक प्रकाश कटुवाल पक्राउ परेका छन् । तनहुँका होटल व्यवसायी लालकाजी गुरुङमाथि ज्यान मार्ने कसुर गरेको अभियोगमा पक्राउ परेका हुन् । गुरुङकि छोरी सोनिकाले सोमबार गायक कटुवाल विरुद्ध जिल्ला प्रहरी कार्यलय तनहुँमा किटानी जाहेरी दिएकि थिइन् ।
तनहुँ बन्दिपुरका होटेल व्यवसायी रहेका गुरुङ र गायक कटुवाल शनिबार पोखरा जाने क्रममा गायक कटुवालकि श्रीमती डाँफे होटल अगाडि बान्ता गरेपछि त्यही निहुँमा व्यवसायी गुरुङ र गायक कटुवालबिच सामन्य विवाद भएको थियो ।
केहि समयको विवादपछि दुई पक्षबिच सहमति भई मिलापत्र समेत भएर गायक कटुवाल पोखरा गएका थिए । साँझ घरमा खाना खाइरहेका गुरुङलाई मास्क लगाएर मोटरसाइकलमा आएका दुई व्यक्तिले एक्कासि आक्रमण गर्दा व्यवसायी गुरुङ गम्भीर घाइते भएका थिए । आक्रमणकारीले रड प्रहार गरेको समेत खुलेको छ ।
आक्रमण बाट घाइते भएका गुरुङको काठमाडौस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गुरुङको अवस्था गम्भीर छ । आक्रमणमा गाएक कटुवाल संलग्न भएको पीडित परिवारको आरोप छ ।
रामेछाप जिल्लाको कुँवुकास्थलीमा जन्मेका कटुवाल सुन्दर भविष्यको खोजीमा काठमाडौ आएका थिए । छोटो समयमा नै गायक कटुवालले सांगीतिक क्षेत्रमा स्थापित भएपछि उनको चुरिफुरी निकै बढेको निकटवर्तीहरू नै बताउँछन् ।
दर्शक र स्रोताको चाहाना अनुसार फरक फरक प्रकृतिका गित गाउन थालेपछि गायक कटुवाको चर्चा चुलिएको थियो त्यो सँगै उनी विवादमा पनि पर्न थालेका थिए । उनको चर्चित गित ‘चोरी खान पल्केको यो ढाँडे बिरालो’ बोलको गीत निकै विवादमा समेत पर्यो । अरुको गीत चोरी गरेको जस्ता गम्भीर आरोप समेत कटुवाललाई बारम्बार लाग्ने गरेकाे छ ।
देश तथा विदेशमा समेत आफ्नो प्रस्तुति मार्फत दर्शक तथा स्रोताको माझमा पुग्न सफल गायक कटुवाल अहिले भने ‘ज्यान मार्ने उद्योग’ जस्तो गम्भीर फौजदारी अभियोगमा पक्राउ परेका छन् । गायक कटुवालले भने आफू घटना घटेको समयमा आफन्तसँग पोखरामा रहेको र घटनामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । घटना बारे अनुसन्धान भै रहेको तनहुँ प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया