Logo

अटो

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पारस खड्का



नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का नियुक्त भएका छन् ।

टेलिकमले मंगलबार खड्कासँग ब्रान्ड एम्बेसडरका लागी सम्झौता गरेको हो । सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी खड्काले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा एम्बेसडर खड्काले यो सहकार्यले क्रिकेट खेलका साथै टेलिकमद्वारा प्रदत्त सेवाहरु र टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । सम्झौता हाल एक वर्षको लागि गरिएको टेलीकमले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार १८:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।