Logo

समाचार

काठमाडौँ बासीलाई सरकारको यस्तो आग्रह



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागि काठमाडौँ वासीलाई अत्यावश्यक काम बाहेक सरकारले बाहिर ननिस्कन आग्रह गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाण्डुका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए ।

‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर तत्काललाई काठमाडौँमा कुनै पनि सभारसमारोहरठूलो जमघटन नगर्नरनगराउन तथा भिडभाड नजान काठमाडौँका  नारिककलाई आग्रह गरेका छौं, ‘अर्को निर्णय नहुन्जेलका लागि हामीले कुनै पनि सभारसमारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने । स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए।

‘अब यहाँ (काठमाडौँ ) पनि कसलाई कोरोना छ कि छैन कुनै ग्यारेन्टी छैन, कुनै सभारसमारोह गर्दा कोरोना महामारी फैलियो भने कसले जिम्मेवारी लिने रु,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले अब घरभित्रै बस्ने, तातोपानी खाने, अत्यावश्यक काम नभईकन घरबाहिर ननिस्किने।’

यसअन्तर्गत आउँदै गरेको होली (फागु पर्व) पनि नमनाउन आग्रह गरिएको उनले बताए। ‘हामी तपाईंहरूको सञ्चारमाध्यममार्फत काठमाडौँका वासिन्दालाई विशेष अनुरोध गर्छौं कि अहिले कोरोना संक्रमणले विश्वमै आतंक मच्चाइरहेको छ, नेपाल पनि त्यसको उच्च जोखिममा छ,’ त्यसैले सचेत बनौं, सतर्कता अपनाऔं, महामारी भित्रिन नदिऔं,’उनले भने ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १७:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।