प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी झापाकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । प्रधानमन्त्री ओलीसँगै अघिल्लो साताको सोमवार शिक्षण अस्पताल भर्ना भएकी संग्रौलालाई बुधवार डिस्चार्ज गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए ।
अघिल्लो बुधवार शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको समेत स्वास्थ्यमा सुधार आएकाले सम्भवतः आजै बेलुकासम्म डिस्चार्ज हुन सक्ने अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई सिंगापुर लैजाने समाचार १०१ प्रतिशत झूठ र भ्रमको खेतीः सल्लाहकार थापा
प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि सिंगापुर लैजाने भन्ने समाचारको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खण्डन गरेका छन । केही अनलाइन सञ्चार माध्यमले प्रधानमन्त्रीको स्वास्थयमा गम्भीर समस्या आएको भन्दै ओलीलाई सिंगापुर लैजाने तयारी गरेको समाचार प्रकशन गरेपछि सल्लाहकार थापाले खण्डन गरेका हुन ।
उनले भनेका छन ‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ ।’ थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित रूपमा नै सुधार भैरहेको पनि बताएका छन ।
















प्रतिक्रिया