Logo

शेयर बजार

आज पनि ४४.३३ अंकले घट्यो



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सातको तेश्रो दिन आज मंगलवार पनि घटेको छ । सोमवार झिनो अंकले बढेको नेप्से मंगलवार फेरि घटेको हो ।

आज नेप्से ४४.३३ अंकले घटेर १ हजार २ सय ७२ दशमलव ६ विन्दुमा थामिएको छ भने १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ को शेयर कारोबार भएको छ ।

आज कारोबारमा भएका मध्ये म्युचअल फण्ड समूह बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा ४२६ अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ३३८ र उत्पादनमूलक समूह ११५ अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले घटेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार १८:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।