Logo

समाचार

कोभिड–१९ : नेपालमा हालसम्म ६१० नमूना परीक्षण, तीनमा संक्रमण



स्वास्थ्य मन्त्रालयले कोरोना (कोभिड–१९) भाइरसबारे जानकारी दिन सामाजिक सञ्जाल भाइबरमा कम्युनिटी सुरु गरेको छ । MoHP Nepal COVID-19 नामक कम्युनिटीमा भाइरसबारे जानकारीमूलक सूचना, भिडियो, कोरोनाबारे सरकारका निर्णय लगायत अपलोड गरिएको छ ।

यसमा राखिएको विवरणअनुसार सोमबारसम्म कोरोना भाइरसको आशंकामा नेपालभर ६१० वटा नमूना परीक्षण भएको छ । तीमध्ये तीन वटामा कारोनाको संक्रमण देखिएको छ ।

दुइ जनाको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने अर्का संक्रमित निको भइसकेका छन् । हालसम्म कोभिड–१९ का कारण विश्वभरका १ सय ८९ मुलुक प्रभावित भएका छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले एक साताको लकडाउन घोषणा गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।