Logo

अनलाइनपाना खोज

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय



सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।

आजै समितिको बैठकले सरकारलाई लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो । कोरोना संक्रमणको जोखिमलाई कम गर्न सरकारले लकाडाउनको समय बढाउने निर्णय गरिएको जनाइएको छ ।

प्रचण्डले लेखे सी जिनफिङलाई पत्र

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई कुशलतापूर्वक नियन्त्तणमा लिन सकेकामा चीनलाई बधाई दिएका छन् ।

प्रचण्डले चिनियाँ राष्ट्रपति सी निजफिङलाई एक पत्र लेख्दै उत्त,m सफलताका लागि बधाई दिएका हुन् । चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोनाको महामारी अहिले विशवभर फैलिएको छ । तर, चीनमा भने कोरोना नियन्त्रण उन्मुख छ ।

पत्रमा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिवका हैसियतमा पत्र पठाउँदै चिनियाँ जनता र नेतृत्वको उच्च प्रशंसा गरेको प्रचण्डको प्रचण्डको निजी सचिवलयले जनाएको छ ।

प्रचण्डले कोरोनाको सम्भावित जोखिमविरुद्ध नेपालले सतर्कतापूर्वक कदमहरु चालेको पनि पत्रमा उल्लेख गरेका छन् । उनले कोरोना नियन्त्रणको चिनियाँ अनुभव नेपालका लागिसमेत काम लाग्ने भन्दै महामारी नियन्त्रणका लागि सहयोगको समेत आग्रह गरेका छन् ।

वुहानबाट सुरु भएको कोरोनाबाट चीनमा ३ हजार ३ सय बढीको ज्यान गएको छ । शनिमार मात्र त्यहाँ पाँच जनाको ज्यान गएको थियो । करिब ८१ हजार संक्रमित अझै अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।