Logo

कोशी प्रदेश

अस्पतालले उपचार गर्न नमान्दा ज्वरो आएका बिरामीको मृत्यु



कोरोनासँग लक्षण मिलेको भन्दै वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमानेर फिर्ता पठाएका बारा कलैयाका २५ वर्षीय विजय कुशवाहको मृत्यु भएको छ ।

नेशनलले भर्ना गर्न नमानेपछि आफन्तले उपचारका लागि काठमाण्डु लाँदै गर्दै कुशवाहको बाटैमा मृत्यु भएको हो ।

कुशवाहलाई काठमाण्डुको त्रिवि शिक्षण अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । नेशनलले उपचार नहुने भन्दै टेकु अस्पताल लैजान भनेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १३:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।