Logo

विचार / ब्लग

नआत्तिउँ ! १०३ वर्षका डिस्चार्ज भएका छन्, मर्नेहरु अधिकांश दीर्घरोगी छन् : डा. रवीन्द्र पाण्डे



कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ। छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो संख्यामा किट निर्माण गरिरहेको छ। १०० भन्दा धेरै कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन्।

त्यस्तै चीनमा यसको महामारी नियन्त्रणमा आइसकेको छ। चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी सप्लाई गरिरहेको छ। कोरियामा संक्रमितको ग्राफ फ्ल्याट भएको छ। अर्थात घटिरहेको छ।जापानले संक्रमणलाई आफ्नो नियन्त्रणमा राखेको छ।

इजरायलका वैज्ञानिकले कोरोना विरुद्धको खोपमा ठूलो प्रगति गरेका छन्। चीनमा ८६ वर्षदेखि १०३ वर्षका बिरामी पनि ठिक भएर डिस्चार्ज भएका छन्। भारतमा पनि ८६ वर्षका बिरामी जसलाई सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी निको भएर घर फर्किएका छन्।

युरोप र अमेरिकामा निको भएर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ। बालबालिकामा कोरोना संक्रमणको डर एकदम नगन्य छ। नेपालमा ७ प्रदेशबाट नै कोरोना संक्रमणको परीक्षण भइरहेको छ। अहिलेसम्म संक्रमित ५ जनामध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जनाको अवस्था सुधारोन्मुख छ। सरकारले लक डाउनलाई प्रभावकारी बनाएको छ।

उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले कन्ट्रोल राखेको छ, त्यस्ता ९५% बिरामी निको भएर फर्किएका छन्। कोरोना संक्रमण समुदायमा फैलियो भने हाम्रो शरीरले त्यो भाइरस विरुद्ध लड्ने प्रणालीको विकास गर्छ। तसर्थ उपचारको खाँचो नपर्ने हुन्छ।

हाल मृत्यु भएका ३८ हजारमध्ये अधिकांश व्यक्ति किड्नी फेल भएका, क्यान्सरको अन्तिम स्टेजका, एचाइभी/एड्सको औषधिले काम गर्न छोडेका तथा Immunosupressant रोग भएका छन्। कोरोना संक्रमण नफैलिएको भएपनि उनीहरुमध्ये ५०% को मृत्यु नाजुक स्वास्थ्यको कारण हुने थियो।

हामी नागरिक चेतनशील भएका छौं। १ महिना यो कहर काट्यौं भने हामीले कोरोनालाई जित्नेछौं। सतर्क रहौं, घरमै बसौं।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलवार ११:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।