Logo

अनलाइनपाना खोज

सरकारले ल्यायो यस्तो व्यबस्था, निजी सवारी धनीका लागि



आज देखि लागु भएको लामो दुरीको सवारी साधन रोकसँगै सरकारले निजी सवारी साधन भने नरोक्ने भएको छ । कोभिड–१९ जोखिमकोसबैतिर बढ्दै जाँदा सरकारले यात्रुको सुरक्षालाई दृष्टिगत गरी लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाएको हो । हालका लागि निजी सवारी साधन नरोकिने गरी निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिर जान नपाइने र बाहिरबाट पनि उपत्यका प्रवेश गर्न नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । काठमाण्डु उपत्यका बाहिरका जिल्लामा पनि सार्वजनिक सवारी साधन एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “सार्वजनिक सवारी साधन एउटै जिल्लाभित्र मात्रै चलाउन पाइने छ ।”

सरकारले यसअघि नै १३ मार्गमा सञ्चालनमा रहेका नेपाल–भारतमैत्री बस सेवा तत्कालका लागि बन्द गरिसकेको छ । विभागले सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउन र यात्रुले पनि यात्रा गर्न नपाउने नियम लागू गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।