सरकारले स्वास्थ्य सामग्री आपूर्ति गर्न ओम्नी गु्रुपसँग गरेको ठेक्का सम्झौता रद्द गरेको छ । स्वास्थ्य सामाग्री आपूर्ति गर्नका लागि ओम्नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त कुरा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले पुष्टि गरे ।
सावधानी नअपनाइए २२ लाख मानिसको ज्यान जान सक्छ : राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणको सावधानी नअपनाए २२ लाख मानिसको मृत्यु हुने जोखिम रहेको बताए । यो संक्रमणमा अमेरिकामा मात्र एक लाख बढी मानिसको ज्यान जान सक्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका छन् । ह्वाइट हाउसमा भएको कोरोनाभाइरस टास्क फोर्सको ब्रिफिङको क्रममा उनले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने बताएका हुन् ।
उनले संक्रमणबाट जोगिनका लागि सामाजिक दूरी कायम गर्न र सावधानी अपनाउन पनि आग्रह गरेका छन् । विगतमा कोरोनालाई सामान्य फ्लू मात्रै भन्ने गरेका ट्रम्प पछिल्लो समय यसप्रति गम्भिर भएको देखिएको छ ।
अमेरिकामा अबको दुई हप्तामा अमेरिकामा एकदेखि दुई लाख मानिसको कोरोना भाइरसका कारण मृत्यु हुने चेतावनी यसअघि नै विज्ञले दिइसकेका छन् ।




















प्रतिक्रिया