Logo

विचार / ब्लग

महामारीको रुपमा विश्वब्यापी फैलिएको कोरोनाबाट कसरी उन्मुक्ति पाउने ?



अहिलेसम्म पहिचान हुन नसकेको कोरोना भाइरस उउटा महारोगको रुपमा विश्वब्यापी भाइरहेको छ । चीनको हुवान शहरबाट डिसेम्बर २०१९ मा सुसुप्त अवस्थामा देखा परेको यो कोरोना भाइरस्बाट चीनमा ३०० भन्दा बढी मानिस मरे र कैयौं कोरोनाबाट संक्रमित भए । त्यसपछि चीनले ठूलो प्रयत्नकासाथ कोरोनालाई बढ्न दिएन । चीनियाहरु नयाँबर्षको रमझममा लागेकाले त्योबेलामा कोरोना बारेमा त्यस्तो चासो भएन । तर पछि कोरोनाले ब्यापक रुपमा आक्रमण गर्न थालेपछि चीनियाहरुले हर उपाय गरे ।

लकडाउन गरे, कोरोनाको बिमारी र संक्रमीन व्यक्तिले तातो पानी मात्र खाने, पानी बाफ लिने, चीसोबाट टाडा रहने, अरुहरुसँग सम्सर्ग गर्न नदिन,े लकडाउनलाई कडिकडाउ नियम लागु गरेपछि, चीन सुरक्षित हुन पुग्यो । हुनता कतिले खास गरेर भारतीय समाचारहरुले चीनलाई आरोप गरेर चीनले जानीबुझी यस्तो खतरनाक भाइरसको माध्यमबाट खास गरेर अमेरिकामा आतंक मच्चाउन तयार गरेको महामारी भाइरस हो भनेर प्रसार गरिरहेका पनि छन् । वास्तवमा भारतीय टिभी च्यानलहरुले यो कुरालाई कुन आधारमा प्रचार गरिरहेका छन्, त्यसको पनि छानवीन होला नैं । यस कुरालाई अमेरिकी राष्ट्रपतिले पनि विश्वास गरेर कतिदिनसम्म चीनिया भाइरस नैं भनिरहे । तर अहिले कोरोना भाइरस, विश्वब्यापी रुपमा आक्रमक भएपछि, अमेरिका हतास भएर चीनलार्इृ आरोप–प्रत्यारोप नगरेर अमेरिका र चीनको आपसी पारस्परिक व्यवहारबाट यो खतरनाक कोरोनालाई उन्मूलन गरिनु पर्छ, भन्नेमा लागेका छन् ।

पूर्वीय सभ्यतामा क्षयरोग, कुष्ठरोग, ठेउला, झाडा–पखाखाला जस्ता महामारीले सताउँदा छुट्टै राखेर उपचार गरिन्थ्यो । सरुवा रोगबाट होसियारकासाथ बिमारीलाई उपचार गरिएन भने त्यस्ले महामारीको रुप लिन्छ । कोरोना भाइरसले अहिलेको संसारमा फैलिएको महामारीको रुप लिएको छ । कोरोना बिमारी भनेको उ आफै रोग बनिसकेको हुँदा उसलाई छुट्टै राखेर उपचार गरिनु पर्छ । बिमारीले प्रयोग गरेको टवाइलेट, तौलिया अरुहरुले विमारी निको नभएसम्म प्रयोग गरिनु हुन्न । कोरोना लागेको अहिलेको महामारीमा हामी कसैले पनि कुनैसँग हात मिलाएर सद्भाव देखाउनु भन्दा नमस्कार गरेर सम्मान गर्नु नैं अहिलेको आवश्यकता हो । कोरोनाको शंकास्पद लागेको व्यक्ति वा अहिलेको अवस्थामा विदेशबाट आएको कुनै पनि व्यक्तिलाई छुट्टै क्यारेनटाइन्मा रहनु पर्छ । यसको मतलव हो– बिमारी नभए पनि सतर्कताकासाथ एक्लै खान–पीन लगायत सबै व्यवहार गर्नु । नमस्कार भनने पूर्विय सभ्यतामा हिन्दुहरुको यस्तो संस्कार हो कि नमस्कारबाटैं सम्मान गर्ने गरिन्छ ।

दिशा–पिसावपछि हात धुने, खाना खानुभन्दा अगाडि र खाना खाई सकेपछि राम्ररी हात धुने हिन्दु परम्परा हो । जुत्ता लगाएपछि, हातले अरु कुनै बस्तु छोएमा हात पखाल्नु पर्छ । त्यस्तै हिन्दु परम्परामा आमाबुबा स्वर्गीय भएपछि १२ दिनसम्म कोरामा बसेर शुद्धशान्तिको लागि काजक्रिया गर्नुपर्ने विधि विधान छ । सपिण्डी जोडिएपछि १२ दिनमा १३ दिने काजक्रिया सकिन्छ । तर आजभोलि कोही ५ दिनमा, कोही ७ दिनमा आमा, बाबुको काजक्रियालाइृ आफू खुसी परिभाषा गरेर काजक्रिया गर्नेहरु पनि देखिन थालेका छन् । हुनता आमा बाबुको काजक्रिया नगर्नेहरु पनि छन् । माधव नेपाल र प्रचण्डले आमा बाबुको क्रिया नैं गरेनन् । मात्रृसदेवो भवः पित्रीदेवो भवः भन्ने उक्तिलाई हिन्दु शास्त्रको मान्यतालाई विवादमा उतारेर कसैको भलो हुँदैन ।

रोग भनेको अपरझट्टमा देखा पर्दो रहेछ । बुढा, तरुनो भन्ने हुनन । वास्तवमा रोग भनेको बुढा, तरुनो जस्लाई पनि प्रतिरोधात्मक क्षमता (इम्यूनिटी पावर) कमजोर हुनेहरुलाई लाग्छ । तर, यहाँ कोरोना भाइरसको पनि कुरा त्यही हो । तर कोरोनाको फैलियोट हेर्दा अहिलेसम्म यसबारेमा कुनै पनि औषधीको अविस्कार हुन नसकेको यो महारोगको रुपमा देखा पर्नु आजको सबैभन्दा ठूलो समस्या हो । कोरोना भाइरसले चीनपछि इटाली, स्पेन, फान्स लगायत यूरोपका कैयौं मुलुकमा आक्रमण गरेर कैयौं नरनारीहरुको मृत्यू भयो । अमेरिका लगायत खाडी मूलुकमा पनि यसले ब्यापक रुप लियो, कैयौं मरे, कैयौं मृत्यूसँग जुध्दै छन् ।

कैयौं आराम भएका छन् । कोरोना भाइरसले अक्सर गरेर बुढापाकाहरुलाई चाडै आक्रमण गर्छ र त्यसरी चीन, इटाली, फान्स, स्पेन, इरान र अमेरिकामा मर्नेहरु धेरैजसो बुढापाका छन् भनियो । यो कुरा सत्य हो । तर बुढापाका हुँदैमा मरिने होइन । बुढा–पाकाहरुमा इम्यूनिटी पावर कमजोर हुन्छ । म डाक्टर नभएता पनि अनुभवको आधारमा भन्दैछु कि बेढापाकाहरुको लागि सबैभन्दा खतराक निमोनिया हो । चिसो लागेपछि फोक्सोमा असर गर्छ, खोकी बढ्दै गएपछि दम हुन्छ, दम बडदै गएपनि निमोनिया हुन्छ । निमोलिया भएपछि बुढापाकाहरुलाई बाँच्न मस्किल पर्छ । त्यसोभएकाले चीसोबाट बाँच्न बुडापाकाहरुले सँधै परेजमा बस्नु हो ।

बुढापाका, तरुनो जोहोस्, रुघा–घोखी लाग्ने संकेत हुनसाथ, दुई चम्चा जति जिरा, एक चम्चा जुवानो, थोरै नुन हालेर दुई ल्लास पानी उमाल्ने रउम्लेर डेड ल्लास भएपछि तातो हुँदाहुँदै राम्रो बेसारको ढुटो एकचम्चा सिधा घाँटी लगाएर निल्ने, अनि बर्खा भए पातलो कपडा र जाडो भएमा मफ्लरले घाटी र टोपी भए टोपी नत्र टाउको बाँधेर दिउसो भने सुतेर आराम गर्ने र राती भए सुत्ने । रुघा–खोकी अलि बढी लागेको छ भने पानी उमालेर त्यसको वाफ लिने र त्यसपछि माथि भनेको खाएर सुत्ने । विहान उठेर सुती–सुती प्रणयाम गर्ने । यसको लागि सिरानी फालेर बिस्तारै नाकले सास तानेर पेटमा लाने, पेटमा पूरा सास भरिएपछि मुखले बिस्तारै फाल्ने, त्यसपछि छातीमा भर्ने र मुखले फाल्ने, त्यसरी नै. टाउकोमा लाने र मुखैले फाल्ने । शरिरमा अक्सिजन परिपूर्ति गर्ने यो राम्रो प्रक्रिया हो ।

यो प्रक्रिया ५ पटक गरेपछि दुईखुट्टा समातेर ५ पटक मच्चिने र जुरुक्क उठ्ने । त्यसपछि पलेटी मारेर दुईृ हातका चोर आंला र बुडी औला बिस्तारै जोडेर घुडामा राख्ने र बिस्तारै लामो नाकले सास तानेर छाती भर्ने, छाती भरिएपछि बिस्तारै नाकैले छोड्ने, यो प्रक्रिया ५ पटकसम्म गर्ने । त्यसपछि ओछयानबाट उठेर उभिने र अनि तल माथि तल माथि गरेर कुरकुच्चा नछोडी, तलमाथि तलमाथि, दुई–तीन मिनेट वा दुई–तीनसय पटक बरक्क बरक् उफ्रिने जस्तो गर्ने, त्यसपछि केही कुप्रो परेर दुइृ तीन सय पटक नैं त्यही ठाउँमा उताउती गरेर दौडिने, त्यसपछि दुई गिलास मनतातो पानी पिएर टुवालेट जाने । मुखसुख धुँदा सकेसम्म तातो पानी नैं प्रयोग गर्ने । त्यसपछि चिया पकाएर तातो चिया खाने ।

पानीमा चिया पत्ति हालेपछि सकेसम्म दालचीनी, मरिच, अदुवाको धुलो, दुईचार पुदिनाका मुन्टा, ५/७ वटा तुलसी पत्ता हालेर उमाल्ने । चिया उमाल्दा चीनी, दुध सँसँघै उमाल्नु हुन्न । दुध छुट्टै उमाल्ने अनि ल्लासमा हालेर खाने । चिनी खानेले चिनी हालेर फिटेर खाने । यसरी उम्लिेको चिया खाएपछि बाँकी चियालाई नफाली त्यसलाई छोपेर राख्ने र कुनबेला फेरि खाने केही चिया थपेर फेरि उमालेर पिउने । यसको माने हो–जसरी होस् चीसोबाट बाँच्नु पर्छ । हो, बुढा–पाकाहरुको शरिरले भिटामिन ‘डी’ खोज्छ । यसको लागि विहान घाम लागेपछि सकेसम्म लुगा खोलेर धाममा केहीछिन घोप्टी परेर, केहििछन कोल्टे परेर र उत्तानो परेर आधा घण्टाजति घाम ताप्ने । यो भिटामिन ‘डी’ को लागि रामबाँण हो ।

कोरोनाबाट बाँच्न माक्स प्रयोग गर्नु पनि उत्तम उपाय हो । तर अहिलेसम्म मैले माक्स प्रयोग गरेको छैन । कारण हो– इराकले क्यूवेत माथि बम प्रहार ग¥यो । क्यूवेतका सारा तेल खानीमा इराकीको बम पहारबाट आगो बल्यो । त्योबेला इराकी सैनिकहरुले मुखमा काला माक्स लगाएको देखेर मलाई साह्रै घीन लाग्यो । त्योबेला त्यो बिजोक देखेर, हेर, मानव सभ्यताको विजोक भनेर धिक्कारे । त्योबेलादेखि घीन लागेर माक्स लगाउने गरेको छैन । काठमाण्डौं लगायत नेपालभरी माक्स बाँधेका मान्छे देख्छु, संसारमा सबैले माक्स बाँधेका छन् । म हेरेकोहे¥यै छु । खैर– अहिले बिपत्तिमा माक्सको महत्व बढेको छ । अहिले यसोउसो भन्ने बेला छैन । यो कोरनाको खतराबाट बाँचन हरेक मानिससँग जोडिएर हिड्ने होइन, कम्तीमा पनि तीन चार फिट फरक फरक हुनु पर्छ । नयाँ साथी वा आफन्त भेटिएमा हात नमिलाउने नमस्कार गरेर अधिवादन गर्ने । मलाई त यो कोरोनाको हल्ला चलेदेखि मन साहै अशान्त छ । मेरो आफ्नो ज्यानको पीरले होइन । विश्वका ठूलठूला महाशक्ति अमेरिका, यूरोपका देशहरुमा कोरोनाको आक्रमणबाट मृत्यू भएका मानिसहरुको खवर सुन्दा साहैं अताल्लिएको छु ।

नेपालमा पनि लगआउटको ब्यवस्था गरेको छ । यो कठीन भएता पनि राम्रो हो । म पनि घर नछोडी बसेको छु । तर मलाई लकडाउनमा प्रहरी प्रशासनको क्रियाकलाप देखेर साहै्र ठूलो पीर छ । विदेशमा रहेका नेपालीहरु आफ्नो घर फर्किरहेकोमा आफ्रनो घरमा जान पाएका छैनन् । कैयौं सीमानामा रोकिएका छन् । उता भारतमा फर्किन दिदैन । नेपाल प्रवेश गर्न पनि रोक लगाएको छ । यस्तो अवस्थामा सरकार मौन छ । यस्तो गैर जिम्मेवार सरकारको कारण देशभित्र जनता आतंकित छन् ।

विदेशबाट आएका आफ्रना नागरिकहरुलाई प्रवेश दिइहाल्ने होइन । नेपालमा प्रवेश भएपछि जाँचबुझ गराएर केही विमारी जस्तो देखिएमा क्यारेन्टाइनमा राख्नु पर्छ । यो देखि अर्को उपाय केही छैन । तर बोर्डरमा रोकेर राख्दा कति नेपालीहरु रोइरहेका होलान् ? केही दिन अगाडि चैत्र १५।१६ गतेतिर होला, धार्चुलाबाट आफ्नो घर दार्चुला आएका तीन चार सय नेपालीहरुको बेहाल अवस्था देखेर म त रोएँ । त्यसमा दुइृृजना केटा महाकाली नदी फौडिएर, तरेर पार गरेपछि, दार्चुला प्रहरीले समातेर लछार–पछार गरिरहेको थियो । उनीहरु नाङ्कै थिए । उनीहरु दार्चुला प्रशासनलाई धार्चलुलामा रोकिएका नेपालीहरुको उद्धार होस्, भन्न खबर गर्न आएका रहेछन् । तर प्रहरीले उनीहरुको कुरै सुनेको देखिएन । यस्तो पनि हुन्छ प्रहरी प्रशासन ? खाई प्हरी प्रशासनमा न्याय ? त्यस्तै लगआउटको बेला चैत्र १२, १४ गतेतिर नजानेर वा अत्यावश्यक कामले बाटोमा कुद्दै गरेका मान्छेहरुलाई प्रहरीले समातेर, कुटेको, पिटेर थला बसालेको देख्दा मन रोयो । त्यस्ता मानछेहरुलाई परैबाट संझाएर पठाए अथवा उसको समस्या बुझेर उसको काम हुनसक्ने व्यवस्था गर्न सकिदैनथ्यो र ? हुनता प्रहरीहरुलाई पनि सजिलो छैन । मैले प्रहरीहरुलाई खराब भनेको होइन । तर जस्तोसुकै आपतमा पनि प्रहरीहरुमा पनि मानवयिता हुनै पर्छ भन्न खोजेको हो ।

अहिले विश्वमा नैं कोरोनाले गर्दा विश्वमा नैं संकट छ । नेपालमा विदेशबाट आउने ४।५ जनालाई कोरोनाले आक्रमण गरेर चैत्र १४ सम्ममा एक जना आराम भएर घर गए । भने अरु ३।४ जनाको उपचार हुँदैछ । तर अहोभाग्यको कुरा हो– नेपालभित्रै कोरोना अरु देशहरुमा फैलिएको जस्तो फैलिएको छैन । तर अत्यन्त दुःख लाग्दो कुरा छ कि नेपालका नीजि अस्पतालहरुले कोरोनाका बिमारी भनेर, कुनै बिमारीलाई पनि लिएका छैनन् । अस्पतालमा चाहिने सबै आव्शयक सामाग्रीहरु तयार गरिएको हुनुपर्छ । यो छैन र उ छैन भनेर बिमारीलाई अस्पतालमा आउनै नदिएर रोक्ने र उनीहरुको जीवनमा खेलवाड गर्ने अस्पतालका डाक्टरहरुलाई कारवाही गर्नसक्नु पर्छ । यस्तो समस्या भोलिका दिनमा पनि आउन सक्छ । त्योबेलामा यसरी नैं निहु खोज्ने र आफूहरुलाई निश्चित फाइदा हुने मात्र बिमारीलाई भर्ना गरेर पैसा मात्र कमाउने त्यस्ता माफियाका दलालहरुलाई अहिलेदेखि नाम ठेगाना लेखी कारवाहीको दायरामा राखिएन भने नेपालमा कोरोनाको खतरा भन्दा यहीभित्र जन्मिएका कुपुत्रहरुबाट अरु खतरा हुन जानेछ । त्यस्तै कोरोना रोकथामको लागि चीन लगायत अन्य देशहरुबाट नेपालमा भित्तयाइने दबाई–मूलो, सर–सामाग्रीहरुमा करोडौं कमिसन खानेहरुबाट अत्यन्त ठूलो पाप गरेकाले ती पापीहरुलाई समातेर खोरमा हाल्ने र कडा कारवाही गरिनु पर्छ । चीनबाट ल्याइएका सामाग्रीहरुमा ठेकेदारसँग मिलेर स्वास्थ मंत्रीबाट महंगोमा समान खरिद गरेको कुरा सार्वजनिक हुँदा पनि त्यस्ता अपराधी क्रियाकलापलाई पनि फास्फूस् गर्न खोजिएको छ । यसकुरामा सही छानवीन भएन भने अहिलेको ओली सरकारलाई सत्तामा रहिरहने कुनै अधिकार रहनेछैन ।

चीनमा कोरोना फैलिएपछि अव नेपाललाई ठूलो खतरा हुन्छ, भनिएको थियो । तर छिमेकी देश चीनबाट नेपालमा कोरोना प्रवेश नभएर पश्चिमी देशहरुमा लाग्यो । यहाँ विदेशबाट आएका ४।५ जना बाहेक कुनै खतरा भएन । उनीहरुको पनि उपचार हुँदैछ । कोरोनाबाट अहिलेसम्म नेपालमा कोही मरेको कुरा प्रकाशित भएको छैन । क्यारेनटाइन्मा राखिएका केही शंकास्पद व्यक्तिको मृत्यू भए पनि कोरोनाको कारणले होइन । यो पशुपतिनाथको कृपा र्नै हो । हिमवत्खण्डको यो क्षेत्र पृथ्वीभरमा एउटा स्वर्णभूमि हो । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डका बारेमा उल्लेख गरेका थिए– ‘भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि । ‘यो कुरालाई ह्रृदयाङ्गम गर्दा यो क्षेत्र कति महान छ भन्ने कुरा बुझिन्छ । कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा’ हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्मनैं यो आर्यभूमि हो” भनेर पुष्टि गरेकाछन् । हिमवतखण्डका थुपै्र हिन्दु राज्यहरुलाई भारतबर्षलाई कब्जा गरेर बसेको इष्ट इण्डिया कम्पनिको अंग्रेजी समा्रज्यले आक्रमण गर्ने समय पर्खिबसेको अवस्थामा गौर्खाका राजा पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाह र अमरसिंह थापाहरु जस्था सपुतहरुको महान यागदानबाट लगभग ५४ जति हिन्दु राज्यहरुलाई एकीकृत गरेर त्योबेलादेखि स्थापित भएको विश्वको एक मात्र हिन्दु अधिराज्य नेपाल हो ।

यो पृथ्वीतलमा नेपाललाई प्रकृतिले वरदान दिएको श्रषिमुनीहरुको कर्मथलो जहाँ वेद, पुराण नीतिशास्त्रहरु उजागर भए त्यही वैदिक, सनातन, हिन्दु स्थल भनेको नेपाल हो । यसक्षेका ऋषिमहर्षीहरु मानव जातिमा सभ्यताको विकास र ज्ञानको लागि विश्वका विभिन्न कुनामा पुगे । ऋषिमहर्षिहरुले अविछिन्नरुपमा चलिरहने समयलाई सत्य, त्रता, द्वापर र कलियुग गरी चार भागमा विभाति गरेका थिए । ब्रम्हा, विष्णु महेश्वर वैदिक हिन्दु जीवनका मार्ग दर्शन हुन् । वैदिक हिन्दु सनातन धर्महरुमा सर्वश्रेष्ठ महासागर हो जहाँ जो जसरी पनि पौढन सक्छ । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । त्यसैले नेपाल साच्चै नैं भाग्यमानी हौं ।

अव विश्वले नैं नेपाललाई पृथ्वीतलको एक स्वर्णभूमिको रुपमा चिन्ने अवस्था आएको छ । प्राकृतिक र सांस्कृतिक हिसावले नेपाल विश्वमा नैं एक सुसंस्कृत देवीशक्तिबाट नैं सुरक्षित देवस्थल हो । यो पबित्र भूमिमा जन्मनेहरु संघर्षशील हुन्छन् । यूरोपतिर माई रोग लाग्यो भने बाच्न सक्तैनन् तर यहाँ जस्लाई माई रोगबाट हत्तपत्त मर्दैनन् । यहाँ जन्मेकाहरुको रोग पचाउन सक्ने क्षमता, इम्यूनिष्टी पावर, धेरै हुन्छ । त्यसैले हामीलाई गौरव छ कि साम्राज्यवादी शक्तिसँग भिडेर नेपालका राजाहरुले नेपालको सार्वभौमसत्ता बचाएर अनेकौं जाति, भाषा, धर्म र क्षत्रीयतालाई संतुलित राख्न र अनेकतामा एकताको सहिष्णुताको नीतिमा नेपाल बाँचिरहेको छ । अवका दिनमा पनि नेपालमा राजसंसथा तथा हिन्दु अधिराज्य यथावत रुपमा कायम रहिरहेर नेपालले विश्वमा आफ्नो प्रतिष्ठा कायम राखिराख्ने छ ।

Email:dirgharajprasai@gmail.com

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।