Logo

विचार / ब्लग

पर्यटनमन्त्री योगेश भट्टराई, धेरथोर नम्रता र सहिष्णुता सिके कस्तो हुन्थ्यो ?



स्वास्थ्यमन्त्रीको कार्यशैली र अभिव्यक्तिलाई लिएर आमजनताले गरेको टिप्पणीलाई पर्यटनमन्त्री योगेश भट्टराईले स्वार्थी राजनीतिका घिनौला सुँड यत्रतत्र घुसार्ने कोशिस भइरहेको र यसको जनस्तरबाट भण्डाफोर हुने भनेर जबाफ दिनुभएछ ।

विश्वभर सरकारको आलोचना हुन्छ तर जिम्मेवार अधिकारीले यस्तो जबाफ फर्काएको बिरलै सुन्न पाइन्छ । बरु तिनले विनम्रतापूर्वक माफी माग्छन् र आलोचनालाई गम्भीर रूपमा लिइएको विश्वास दिलाउँछन् । जनताकै करबाट पालिएर जनतालाई नै घिनौला सुँड भन्ने टिप्पणी बढ़ी नै हार्स भयो ।

यो पुस्ताले त आलोचनाबाट सिक्ने हो । अस्ट्रेलिया आगलागीसँग जुध्दै थियो । उहाँको अस्ट्रेलिया कार्यक्रम विवादित भयो । सफाइ त ठीक थियो, तर त्यसमा आलोचना गर्नेहरू उहाँले भनेजस्तो नियत नै खराब भएका अराष्ट्रिय तत्त्व थिएनन् ।

तपाईंहरूले यो महामारीसँग लड्न भनेर बनाएको उच्चस्तरीय समितिमा एउटा पनि डाक्टर या विज्ञ हुँदैनन् भने आलोचना हुनु स्वाभाविक हो । यस्तो संवेदनशील आलोचना या टिप्पणीलाई पनि स्वार्थी राजनीतिको घिनौला सुँड भनेर तपाईंले गाली गर्न नसुहाउनुपर्ने हो । विश्वभर घुम्नुभएकै छ । कम्तिमा अन्यत्र मन्त्रीहरूमा हुने सादगी, नम्रता र सहिष्णुता पनि धेरैथोरै सिक्नुभए कस्तो हुन्थ्यो।

एअरपोर्टको शौचालयबारे धेरैले तस्बीर सहित नै टिप्पणी गर्दै आएका छन् । एउटा पर्यटकको टिप्पणी आयो । ट्वाइलेट फोहोर नभएर के फोहोर हुन्छ त रु अलिअलि फोहोर त भइहाल्छ नि १ु यो उहाँको जबाफ थियो । अझ केही वर्षपहिले विदेशीका ट्वाइलेट पनि यस्तै त हुन्थे भन्नु त कत्ति पनि जिम्मेबार जबाफ थिएन ।

विश्व स्वास्थ्य सङ्गठनले आपत्काल घोषणा गरिसक्दा पनि तपाईंले चीनकै मिडियामा नेपाललाई कोरोनामुक्त देशका रूपमा प्रचार गर्ने अनौठो आइडिया प्रस्तुत गर्नुभो । यसले त चीनकै घाउमा नुनचुक दल्नेमात्रै होइन, हाम्रै स्वास्थ्य सुरक्षालाई पनि गम्भीर चुनौती दिन सक्थ्यो । स्वभावतः धेरैले विरोध गरे । तर, तपाईंले यस्तै नमिठो जबाफ फर्काउनुभयो ।

देशमा कोरोनाभाइरसका सङ्क्रमित व्यक्ति भेटिएको दुई महिनासम्म पनि यदि विभागीय मन्त्रीलाई पीपीई भनेको के हो भन्ने थाहा हुँदैन भने या तपाईंहरूले यो महामारीसँग लड्न भनेर बनाएको उच्चस्तरीय समितिमा एउटा पनि डाक्टर या विज्ञ हुँदैनन् भने आलोचना हुनु स्वाभाविक हो । यस्तो संवेदनशील आलोचना या टिप्पणीलाई पनि स्वार्थी राजनीतिको घिनौला सुँड भनेर तपाईंले गाली गर्न नसुहाउनुपर्ने हो । विश्वभर घुम्नुभएकै छ । कम्तिमा अन्यत्र मन्त्रीहरूमा हुने सादगी, नम्रता र सहिष्णुता पनि धेरैथोरै सिक्नुभए कस्तो हुन्थ्यो।

(गाउँलेको फेसबुकबाट)

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार १२:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।