समाजवादी पार्टी वेलका नगर कमिटिले कोरोना भाइरसको जोखिमबाट बच्न स्थानीय जनताको लागि भन्दै सहयोग रकम नगरपालिाकालाई हस्तान्तरण गरेको छ । पार्टीले १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
पार्टीका नगर अध्यक्ष सुरेन्द्र राई सहितको टोलिले वेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाई उत्तः सहयोग रकम हस्तान्तरण गरे । एकद्वार प्रणालीबाट राहत सामाग्री तथा आवश्इक सहयोग गर्नु उत्तम हुने भन्दै अध्यक्ष राईले नगरपालिाकालाई सहयोग गरेको जानकारी दिए ।
सहयोग हस्तान्तरणमा नगर कमिटिका अध्यक्ष राई, उपाध्यक्ष मोहन बि.क., सचिव विपिन नेपाल, सदस्य तेजबहादुर मगर, प्रकाश खड्का लगायतको उपस्थिति रहेको थियो । यस्तो विपत्तिमा सबैले सहयोग गर्नु पर्ने सहयोगको सहि सदुपयोग हुने पर्ने अध्यक्ष राईले बताएका छन् ।
उता अन्य केहि पार्टीले भने पार्टीगत हिसाबले सहयोग रकम उठाउदै हिडेको भने उचित नभएको समाजवादी पार्टीले जनाएको छ । सरकारले नै एकद्वारा प्रणालीबाट राहत सामाग्री पठाउनु पर्ने भनेको भन्दै वेलकामा पनि सोहि अनुसार हुने पर्ने अध्यक्ष राईले बताए ।




















प्रतिक्रिया