Logo

समाचार

निरन्तर ड्युटीमा खटिने प्रहरीको पनि तलव काटिने !



नेपाल सरकारले ड्युटीमा खटिएका नेपाल प्रहरीको तलव काट्ने भएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषमा रकम जम्मा गर्न सरकारले प्रहरीको समेत तलव काट्ने तयारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले बैशाखको तलवबाट कोषमा रकम जम्मा गर्ने जनाएको हो। जस अनुसार प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) को ३ दिनको तलव, प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी)को ५ दिनको तलव काटिने भएको छ ।

त्यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायव महानिरीक्षक (डीआईजी), प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) को ७ दिनको तलब कट्टी हुने छ ।

प्रहरीको समेत तलव काट्ने भएपछि सरकारको ब्यापक आलोचना सुरु भएको छ । आफु स्वयं असुरक्षित भई , खाना खाजाको टुंगो नभई निरन्तर ड्युटीमा खटिन प्रहरीको तलव काट्नुको साटो उनीहरुलाई थप प्रोत्साहन भत्ता दिलाउनु पर्ने माग उठेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १३:३०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।