विश्वभर कोरोना संक्रमितहरुको संख्या १६ लाख नाघेको छ । ज्यान गुमाउनेहरुको संख्यामा पनि भारी वृद्धि भएको छ । पछिल्लो जानकारी अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म ९५ हजार भन्दा धेरैको ज्यान गएको छ । यो सँगै विश्वभर ३ लाख ५७ हजार भन्दा धेरै मानिसहरु निको पनि भएका छन् । कोरोनाको संक्रमण अमेरिकामा डरलाग्दो तरिकाले फैलदै गएको छ । अमेरिकामा अहिले ४ लाख ६८ हजार भन्दा धेरै संक्रमणको सिकार भएका छन् ।
अहिलेसम्मको जानकारी अनुसार अमेरिकामा १६ हजार ६०० भन्दा धेरैले ज्यान गुमाएका छन् भने २५ हजार ९०० भन्दा धेरै निको भएका छन् । स्पेन जहाँ अहिले १ लाख ५३ हजार भन्दा धेरै कोरोना संक्रमित हुँदा १५ हजार ४०० भन्दा धेरैले ज्यान गुमाएका छन् । स्पेनमा अहिलेसम्म ५२ हजार भन्दा धेरै निको पनि भएका छन् । यता इटलीमा अहिले पनि ९६ हजार ८०० भन्दा धेरै बिरामीहरु उपचार गराउँदै छन् । कुल १ लाख ४३ हजार ६०० भन्दा धेरै संक्रमित हुँदा इटलीमा अहिलेसम्म १८ हजार २०० भन्दा धेरैले ज्यान गुमाएका छन् ।
जर्मनीमा १ लाख १८ हजार २०० भन्दा धेरै संक्रमित हुँदा २ हजार ६०० भन्दा धेरैले ज्यान गुमाएका छन् । फ्रान्समा पनि कुल संक्रमितहरुको संख्या १ लाख १७ हजार ७०० नाघेको छ । यहाँ पनि ज्यान गुमाउनेहरुको संख्या १२ हजार २०० भन्दा धेरै रहेको छ । विश्वमा अहिले कुल संक्रमितमध्य झण्डै २१ प्रतिशतले ज्यान गुमाएका छन् । यो भनेको कुल १०० जना संक्रमित हुँदा २१ जनाले ज्यान गुमाउँदैछन् ।




















प्रतिक्रिया