Logo

आजको तस्बिर

चैत महिनाको भाडा लिने घरधनीलाई कारबाही गरिने



चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो । सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा.युवराज खतिवडाले देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले भाडा लिने घरधनीलाई कारबाही गर्ने उल्लेख गरेका हुन् । ‘सरकारले सबै घरदनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको छ’ उनले भने, ‘ यो घरनीलाई सरकारले कर छुट गरेको छ ।

त्यही भएर एक महिनाको भाडा नलिन भनिएको हो । सरकारको निर्णय र आग्रह बेवास्ता गरी भाडा लिए त्यस्ता धरधनीलाई सरकारले एक्सन लिन्छ ।’

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार १५:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।