बेलायतका वैज्ञानिकहरुको एक समूहले गरेको अध्ययनले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्धको खोप पत्ता लाग्न सक्ने निस्कर्ष निकालेको छ ।
त्यसका लागि ६ महिनाको समय लाग्ने अध्ययन टोलीमा संलग्न वैज्ञानिकले बताएका छन् । आगामी सेप्टेम्बरसम्ममा खोप पत्ता लाग्ने अध्ययन टोलीका वैज्ञानिकहरुको नेतृत्व गरेकी अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक साराह गिल्बर्टले बताएकी छन् ।
दि टाम्ससँगको कुराकानीमा उनले ६ महिनाभित्र खोप पत्ता लाग्ने विश्वास गरिन् । विश्वभर नै कोरोनाविरुद्धको खोप पत्ता लगाउन वैज्ञानिकहरु सक्रिय छन् । उनले आगामी दुई साताभित्रै मानिसमा खोप परीक्षण गर्ने जानकारी दिइन् ।
‘सबै कुरा ठीकठाक अगाडि बढ्यो भने हामी खोप पत्ता लगाउन सक्छौं’, गिल्बर्टले भनिन् ।एजेन्सी





















प्रतिक्रिया