वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमणको लक्षण देखा पर्न पाँच दिन लाग्ने बताएका छन् । कोभिड-१९ संक्रमण भए, ज्वरो आउने, रुघा-खोकी र स्वासप्रश्वास सम्बन्धि समस्या हुन्छ । यो भाइरस संसारभरी फैलिएको छ र एक लाख १६ हजार भन्दा धेरैलाई संक्रमित बनाएको छ ।
अमेरिकाले चीनमा गरिएको एक अध्ययनको अनुसार संक्रमण भएका व्यक्तिमा पाँच दिन भित्रमा लक्षण देखा पर्ने पत्ता लागेको हो । यदि कोही मानिस १२ दिनसम्म केहि लक्षण नदेखिए पनि उनीहरुबाट संक्रमण हुनसक्ने खतरा धेरै हुन्छ ।
संक्रमण हुने प्रवलता भएका व्यक्तिलाई वैज्ञानिकहरुले १४ दिन सम्म आफै- क्वारेन्टाइनमा बस्न सल्लह दिएका छन् । यस्तो गर्दा अरुलाई संक्रमण फैलिन कम हुन्छ र उक्त निर्देशनलाई अमेरिका तथा वेलायतले पालना गरेको छ । इन्टर्नल स्वास्थ्यको प्रतिवेदनको अनुसार सय जना मानिसलाई क्वारेन्टाइनमा पठाइएको छ ।
विशेषज्ञको अनुसार संक्रमण भएका अन्य मानिसमा हल्का मात्र लक्षण देखा परेको छ । धेरै उमेर भएका व्यक्ति र लामो समय देखि कुनै रोगको बिरामी भएकाहरुको लागि भने कोरोना भाइरस प्राणघातक हुनसक्छ । रुघा र ज्वोरो जस्तो लक्षण देखा परेका मानिसमा भाइरस संक्रमण हुने सम्भावना धेरै हुन्छ । संक्रमणबाट बच्नको लागि सबै भन्दा राम्रो उपाय भनेको पहिला नै सतर्क हुनु हो ।
कोरोना भाइरस संक्रमणबाट बच्नको लागि मानिस संग टाढा बस्ने तथा प्रत्यक्ष सम्पर्कबाट टाढा बस्ने , आँखा नाक तथा मुख छुनुपुर्व हात धुनुपर्छ, नाक पुछ्दा र खोक्दा फ्याल्न मिल्ने टिस्युको प्रयोग गर्ने र तुरुन्त त्यसलाई फालेर हात धुनुपर्छ । हात नियमित रुपमा धोईरहनुपर्छ ।





















प्रतिक्रिया