Logo

समाचार

आरडीटी टेष्टमा काभ्रे र धादिङका ३ जनामा कोरोना देखियाे



र्‍यापीड टेष्ट किटबाट मंगलबार काभ्रे र धादिङमा गरिएको परीक्षणमा थप ३ जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । र्‍यापीड टेष्ट देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् ।

पोजेटिभ देखिनेमध्ये काभ्रेका दुई जना हुन् भने एक जना धादिङका हुन् । काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक/एक जनामा र्‍यापिड डाइग्नोस्टक परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो ।

बेथान्चौक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए । उनीहरुको दुवैको स्वाब थप परिक्षणका लागि धुलिखेल अस्पताल भर्ना गरिएको छ । यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापीड टेष्टमा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिएका युवा दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए । उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएका २७ वर्षीय युवालाई काठमाडौं पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिए ।

भारत र तेस्रो मुलुकबाट आउनेहरुलाई सबै गाउँपालिकामा र्‍यापीड टेस्ट किटमार्फत परीक्षण शुरु गरेको छ । मंगलवार मात्र ज्वालामुखी गाउँपालिकामा ३५ जनाको आरडीटी परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १८:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।