Logo

समाचार

१६ दिन मै निको भए कैलालीका कोरोना संक्रमित युवक



कैलालीको लम्कीका २१ वर्षीय युवकले १६ दिन मै कोरोना भाइरस जितेका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवकको निको भएर केहिबेरमा डिस्चार्ज गरिने स्वास्थ्य मन्त्रालको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाएका हुन् ।

उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने तयारी गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई, लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०७७, आईतवार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।