Logo

विचार / ब्लग

कारोना भाईसरसको आतंकमा एक रात



विश्वका कैयौं विकसित मुलुकमा कारोना भाइररसले मान्छेहरुको जीवन तहस नहस पारेको छ । लाखौं लाख मान्छेहरुमा यो भाइरसको प्रभाव परेको बेला सामान्य रुघा खोकी लाग्नु र ज्वरो आउनु त महापाप नै हुन्छ होला ? व्यक्ति परिवार र साथीहरु सबै सबै पराइ भएको जस्तो । मानौँ यो भाइरसको प्रभावले मान्छेहरु बर्षौ परिचित भए पनि नचिनेको जस्तो भान गर्छन् । हो त ठिकै हो । किन बोल्नु पर्‍यो र ? फेरि रोग सारे भने । मलाई कोरोना सर्‍यो भने, कस्ले उपचार गर्छ । लास पनि त स्याहार्न मान्दा रहेनछन् । कस्तो खालको भाइरस रहेछ । मृतकको लासलाई जलाउन पनि आफन्तहरु तयार नहुने । सडकमा लास छरिए पनि त्यो लास मेरो मान्छेको हो भन्न आफ्नै मान्छेहरु डराउने ।

मान्छे मान्छे एउटा अचम्मको शङ्का राखेर हेर्छन् । बुटवलमा आइसोलुसनमा राखिएको व्यक्तिको मृत्यु र लास घाट सम्म लैजान नपाउनुको पीडा महसुस गर्न लायक छ ।हामी कहिल्यै यो सोच्न सकौला ? अहँ सक्दैनौ । जसरी उनकी धर्मपत्नी विलाप गरिन् त्यसै गरी विलाप सुन्ने हाम्रा मान्छेहरु हुने छैनन् । यो महामारीको बेलामा मरेको लास सरकारले जिम्मा लिएर जलाए त ठिकै छ, यदि त्यसो भएन भने के होला ? इटली र अमेरिकामा जस्तै यहाँका मान्छे संक्रमित भए के होला ? यहाँको मान्छेहरुको सोह्र संस्कार मध्येको मृत्यु संस्कार के होला ? संस्कार नगरिएके आत्महरु यतैकतै भड्केलान त ?

कि कुनै पितृ हेराउनेले चामल हेरेर कोरोना लागेको मृत आत्मलाई अन्तिम पिडाको बारेमा सोध्लान ? नेपालमा आखिर चलेको नै अन्धविश्वास त हो नि ? र सोचेँ कहाँ जाला लासहरुको चाङ्ग ? यो माहामारीको विकराल रुप मैले महशुस गरे । हुन त मलाई कोरोना भाइरसको संक्रमण लागेको छैन र थिएन । तर अस्तिको दिन र हिजोको रातको कुरा भने बेग्लै छ ।

रात परेसंगै हल्का हल्का घाँटीमा समस्या देखियो । हतार हतार तातो पानी खाएर सुतेँ । निकै बेर सास फेर्न गाह्रो भयो । त्यसो त मलाई मृत्युसंग डर लाग्दैन कहिल्यै पनि । तर मृत्यु भन्दा भयानक खतरा मान्छेमा नहुदो रहेछ । मृत्यु भन्दा पहिला आफ्नै लास कसैले नछोएको कल्पना गर्नु त मृत्यू कति भयानक हुन्छ होला ? एक पटक सोच्नु तपाईको लासमा कोरोना भाइरसको कारण परिवारले लास छोएका छैनन् । अनि तपाईँलाई कुनै लामो आङ्कुसेले जलिरहेको भट्टिमा धकेलेको महशुस गर्नुहुन्छ नि त्यसपछि मृत्यु कति भयानक लाग्छ । त्यो सोच्दा पनि मुटु काप्छ । मान्छे साच्चिकै आत्महत्या गर्छ, कसरी ? त्यो त हामी सोच्न सक्छौ नै ।

मृत्यु भन्दा भयानक पीडा जीउनुसँग भएर होला सायद । मृत्युले लखेटेको मान्छे जीउन चाहान्छ तर जीवनले लखटेको मान्छे मर्न । तर मृत्यु र जीवनको दोसाधमा उभिएर सोच्नु त ? भयानक मृत्यृले कसरी एक्लो बनाउदो रहेछ मान्छेलाई । मान्छे जीउन चाहान्छ हर हालतमा । ऊ खुशी रहन चाहान्छ । उसले हर हालतमा विजयी पाउन चाहान्छ । बन्न चाहान्छ सिकन्दर तर एउटै चिजबाट भाग्न सक्दैन त्यो मृत्यु र महामारी । हो महामारीमा मान्छेहरु निकै सचेत हुँदारहेछन् । निकै चिन्तित हुँदा रहेछन् । केही संस्थान चलाइरहेका मान्छेहरुका नजिक गएर बुझ्नुहोस् उसले त्यो संस्थाको जिम्मेवारी बोझको रुपमा लिएको छ । भोकको लडाईमा हार्ने डरले नम्रता गायव हुदो रहेछ । महामारीको प्रकोपले मृत्युको एक सिङ्गे रुप चित्रण गर्दो रहेछ । त्यही उसलाई अभिसाप लाग्दो रहेछ ।

केही हप्ता देखि म यो बन्द कोठामा एक्लै छु । न म कुनै मान्छेहरुको सम्पर्कमा थिए, न त मलाई कसैले भेटेका छन्, न त मलाई कोरोना रोग नै हो । सामान्य घाटीमा समस्या परेको थियो र मैले हतार हतार जीवनको एक खतरानाक काललाई भेटेर आएको थिए । सोच्दै थिए भयानक काल कोठरीको एक कुनामा त्यो मान्छेहरुको चाङ्ग छ र अर्को कुनामा म । खासमा मलाई चिसो पानीकै कारण एलर्जी भएकाले मैले मेरो हितैसी एक जना मित्रलाई सुनाएको थिए । जागिरको नाममा एक महिना दौदधुप गरेको थिए तलवको बारेमा हाकिमलाई थाहा छ । हाकिमहरु बडो मज्जाका हुन्छन् ।

मान्छे मान्छे एउटा अचम्मको शङ्का राखेर हेर्छन् । बुटवलमा आइसोलुसनमा राखिएको व्यक्तिको मृत्यु र लास घाट सम्म लैजान नपाउनुको पीडा महसुस गर्न लायक छ ।

अरुको पीडा पिडा नै मान्दैनन् । हामी बाहिर बस्छौँ र हाम्रा घर यहाँ छैनन् । न त आमाले पकाएको खान पाउँछाैँ न त बाउले पैसा दिन्छन् । हाम्रो बाउ भनेको हाकिम हो तर हाकिमहरु ….? यिनीहरुसंग दिल कहाँ हुन्छ र ? बिरामी परेको अवस्थामा यदि केही सपोटको लागि हार गुहार मोगे भने आनन्द छ । लकडाउन छ । थाहा छ लकडाउन छ कोरोना कहर त छदैछ भोकको कहरले मर्नेहरु कति होलान । मेरो प्रिय मित्रलाई मैले तिल जस्तै कुरा भनेको थिए । तलव नदिए पनि केही सपोट गरे हुने नि, उनले पहाड बनाएर सुनाइछन् । करेन्ट टाइममा बस्न पर्‍यो अव, जानुहुन्छ त ? अचम्म छ ? मैले सोधेँ त्यहाँ खान बस्ने व्यवस्था छ ? कुनै डर हुन्छ ? वाइफाइ छ कि छैन ? साच्चिकै अचम्म लाग्यो कुरा सुनेर । मेरो झन सास फुल्यो ।

घरबार बिहिनहरुलाई अन्न देलान तर हामी भाडामा बस्छौ, हामी घर जान सक्दैनाैँ । के त्यसो भए सय रुपियाको उपचारको लागि हामीले सामान्य विरामी परे पनि करेन्नटाइनमा जान पर्ने हो ? रातभरि मृत्युको भयानक रुप नजिक आएर मलाई जिस्काउथ्यो । म त्रसित भएकी थिएँ । सोसल मिडियामा भेटिएका केही साथीसंग सेयर गरे, घरका मान्छेहरुलाई तनाव दिने मन थिएन । एक पटक हाकिमले के भइरहेको छ भनेर सोध्न सकेन ।

साच्चिकै हामी निकै निरिह छौँ । हामी हाम्रा कुरा भन्न सक्दैनौं । हामी हाम्रा कुरा लेख्न सक्दैनौँ । वाध्यता र विवश भएर हामीहरु आत्महत्या गर्न बाध्य हुन्छौँ । हस्पिटल सम्म जान पैसा नभए पछि के होला ? रातभरको त्रासले कति पटक कोल्टे फेरेँ, कति पटक उठेर बाहिर गएँ। कति पटक हस्पिटलको डाक्टरसंग कुरा गरेँ । त्यो म गन्न सक्दिन । सय रुपिया पर्ने औषधीको मुल्य तिर्न नसक्नेहरुलाई जीवन जीउन कति कठिन होला त्यो लाखौ कुम्लाउनेहरुलाई के थाहा ? मृत्युसंग एक युग लडेको रातपछि जव विहान भयो म नवलपुरको हस्पिटल गए ।

सामान्य खातामा औषधीको विल चढाउन भन्दा त्यहाँको नर्सको अनुहारमा मैले साच्चिकै काल देखेँ । क्रुर निर्मम राक्षसी रुप लाग्यो । मृत्यु सहज छ यी मान्छेहरुको अहम भन्दा, तर त्यही एक जना साथी जसले सहज बनाउनु भयो । धन्यावाद दिए । पन्ध्र सय देखि दुइ हजार लाग्ला जस्तै भएको थियो । चेक दिएर आउन नि जम्मा ९५ रुपियाको विल भएको थियो औषधीको धेरै लाग्छ भनेर मैले दुइचार सय नि बाकेको थिइन कारण साथी डक्टर भएको भएर । औषधी हातमा बोकेर आए । बाटोभरि मान्छेहरु मलाई यसरी हेरेका थिए मानौ म करेन्ट टाइनबाट भागेको हुँ । कोठा कै छेउमा घर हुनेहरु को हो भन्दै थिए ।

शङ्का गरेका थिए मलाई । कतै म संक्रमित त होइन ? बाटोभरि सोचेँ के यो औषधीले सञ्चो होला ? त्रास मनले फेरि एक पटक निद्रा नपर्दा सम्मलाइ निकै भारी तवाव दियो । कि कतै मलाई कोरोना भाइरसको त संक्रमण होइन ? मनमा एक किसिमको त्रास रहिरह्यो । निकै मन पोल्यो । डर जस्तो भयाड्ढर अरु के होला ? कोभिड—१९ अर्थात कारोना भाईरसले विश्वव्यापी रुपमा महामारीको रुप लिए संगै मनको बाघ सक्रिय भएको छ । मन अलिकति पनि नसोची भाईसरसको आतड्ढमा जान्छ । कस्तो आतड्ढ हो ?

मान्छेहरु के संग आतड्ढित हुन्छन् । जीवनसंग कि मृत्युसंग ? किन यति भयानक हुन्छ महामारी ? मैले ती मान्छेहरुको लागि साच्चिकै आभार व्यक्त गर्छु जसले कुनै सुविधा र सुरक्षा नभए पनि सहयोग गरेका छन् । खुल्ला बसेर विरामी चेक गरिरहेका छन् । लाग्यो अहिले हस्पिटल विरामी भएर जानु पाप हो तर जानेहरुलाई अन्य विरामी नि हुन सक्छ । कृपया विरामीहरुलाई उपचार गर्न सहयोग गरिदिनु होला । अहिले कहाँ छन् रेडक्रसका मान्छेहरु, कहाँ छन् सामाजिक परिचालकहरु ? खोई विरामीहरुलाई हामी ग्यारेन्टीका साथ उपभार गर्छौ भन्नेहरु । एक पटक लाग्यो महामारीले मान्छे भित्र यति डर भरिदिएको कि ऊ आफ्न्तहरुसंग तर्सिएको छ ।

मान्छेहरु आफै देखि भाग्दा रहेछन् । अहिले आफैले आफैलाई माया गर्नु । डरले मन झन कमजोर हुन्छ । आत्मवल बढाउनुहोला । सामान्य कुरामा पनि डर पाल्ने हा भने मनको बाघले हामीलाई निलिदिन्छ मौसम परिवर्तन भएको छ स्वास्थ्यको ख्याल गर्नु होला । होमकरेनटाइमलाई पालना गर्नु होला ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १८:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।