पुँजिवाद र साम्राज्यवादको जालोले विश्वलाई झागिरहेको कठिन परिस्थितिमा संसारका थोरै मुलुकहरुले मात्र समाजवादी व्यवस्थाको परिकल्पना गरिरहेका थिए । ती थोरै मुलुकहरुमध्ये नेपाल पनि एक हो । २००७ पछि थुप्रै राजनीतिक उतारचढाव, त्याग, बलिदान, क्रान्ति र सङ्धर्षको उपज हामीले सामजवादि संविधान लेख्न सकेको गौरवशालि ईतिहास हाम्रा अगाडि कायम भएको छ ।
तर बिडम्वना फेरि पनि राजनीतिक स्थायित्व, विकास र समृद्धिले अग्रगामि छलाङ मार्नुपर्ने अवस्थामा कतै पुरानै चिन्तन र दृष्टिकोणले काम गरिराखेको त छैन हाम्रा अगाडि कयौ यक्ष प्रश्नहरु जन्माइराखेको छ । विकासको भोग र सम्भावनाले पछ्याराखेको हाम्रो जस्तो विकाससिल मुलुकको यो अवस्था र चिन्तन आखिर राजनीतिक नेतृत्वले नसोचे कस्ले सोच्ने ? कृषि, जलस्रोत, पर्यटन, खनिज पदार्थ लगायत अन्य कयौ वस्तुको अधिकतम उपयोग र प्रयोग गरि रोजगारी सृजना, समृद्ध र शुसासनको यात्रामा अधि बढ्नु हाम्रा लागि अहिलेको जस्तो सहज परस्थिति कहिले पनि थिएन र हुदैन पनि ।
अझ पछिल्लो अवस्थामा दोस्रो विश्वयुद्धपछि (covi-19) ले सिङ्गो विश्व र अब्बल राष्ट्रहरुलाई समेत चुनौति दिएर नयाँ परिस्थिति पैदा गरिदिएको अवस्थामा हाम्रा लागि श्रम र सृजनाका नयाँ ढोकाहरु खोलिदिएको छ । परनिर्भरवादि र उपभोक्तावादि चिन्तनबाट हामी मुक्त भइ हामी केही नयाँ गर्न सक्छौ भन्ने कुराको उदाहरण सरकारले प्रस्तुत गर्नुपर्ने र आमसमुदायले अंगिकार गर्नुपर्ने आजको मुख्य कायर्भार हुनुपर्छ । तब मात्र हामी समृद्धिको यात्री र जिम्मेवार नागरिक हुन सक्छौ । विश्वमा यस्ता कयौ उदाहरणहरु मध्ये छिमेकी राष्ट्र चिनलाई समेत हेर्न सकिन्छ ।
आन्तरिक द्वन्द, जापानी उपनिवेस र दितिय विश्वयुद्धले समेत कहालिलाग्दो अवस्थामा पुगेको मुलुकलाई माओसुतुङ्ले सन् १९४७ को क्रान्तिपछि आफ्नै नेतृत्वमा जनतालाई कठोर परिश्रम गर्न आब्हान गरे, सिङ्गो मुलुक, नेतृत्व र जनताको अपार परिश्रमपछि मात्र चिन आज दुनियाँको नमुना र डाह लाग्दो मुलुक बनेको यथार्थ हाम्रा आगाडि जिबित छ ?
त्यसैले हाम्रा अग्रज नेताहरु अब यो समय ‘आफ्नो बनिरहेको घरमा आगो सल्काएर खरानिको व्यापार गर्ने समय होइन’ अझै भन्ने हो भने राज्य ध्वस्त भएर वा बनाएर आफ्नो कोटोरीको स्वार्थ मात्र पूरा गर्ने समयत हुदैहोइन । ईर्स्या, लोभ, डाहा, अहंकार, आडम्बरी वा भावनामा बगेर झस्किने र जंजिरमा फसिरहने समय त अझै हुदैहोइन । अत: समय घर्केको छैन र फेरी फर्कदैन भन्ने कुरा अंगिकार गर्दै आफ्ना निश्चित स्वार्थि र शकुनिको भूमिका निर्वाहा गरिराखेका षड्यन्त्रकारीहरुको जालोबाट खुला आकासमुनि निस्केर देश र जनताको लागि सोच्न, सम्पूर्ण नेतागणहरुलाई युवापुस्ताको खबरदारी हुन जरुरी छ । यसमै सिङ्गो राष्ट्र र जनताको भलाई हुनेछ ।
(नवराज ऐर लेखक नेकपाका युवा नेता हुन्)
















प्रतिक्रिया