Logo

ओली-प्रचण्डबीच छलफल, स्थायी कमिटीमा लाने प्रस्ताव बनाउने जिम्मा प्रचण्ड र पौडेललाई



सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । सोमबार बालुवाटारमा ओली र प्रचण्डबीच भएको छलफलले स्थायी कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने जिम्मा कार्यकारी अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेललाई दिइएको छ ।

उनीहरुले शनिबारको सचिवालय बैठकको निणय र मर्मअनुरुप प्रस्ताव तयार गर्नेछन् । दुई अध्यक्षवीचको भेटमा गत मंसिर ४ गतेको सहमतिमै फर्किने सहमति भएको जनाइएको छ । त्यस्तै, त्यसको व्यवहारिक कार्यान्वयनको लागि मोडालिटीसमेत तयार भएको जनाइएको छ ।

मंसिर ४ गते ओलीले पुरै कार्यकाल सरकारको नेतृत्व र प्रचण्डले पार्टी चलाउने सहमति भएको थियो । नेकपाको स्थायी कमिटी बैठक यही वैशाख २५ मा बस्दैछ भने त्यसको तयारीका लागि २४ गते सचिवालय बस्ने तय गरिएको छ ।

यसपछि सरकार ओलीले नै र पार्टी प्रचण्डले चलाउने आंकलन गरिएको छ । उता महासचिव विष्णु पौडेलले आफू र वामदेव गौतमले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न गरेको भनिएको प्रस्तावको खण्डन गरेका छन् । अनावश्यक भ्रम सिर्जना गर्न खोजिएको उनले बताएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १५:३१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।