Logo

विचार / ब्लग

२५६४ औ बुद्ध जयन्ती : जागरूकताको अर्को नाम बुद्ध !



आज भन्दा २५६४ बर्ष पहिले हाल नेपालको (लुम्बिनी) तेतिबेलाको शाक्य गणराज्य राज ख़ानदानमा पिता सुधोधन र आमा मायादेवीको कोख बाट गौतम बुद्धको जन्म भएको थियो ।राज ख़ानदानमा राजाको पहिलो सन्तानको रुपमा जन्म भएका सिद्धार्थ गौतमस्वभाविक रूपमा राज पाठ समाल्ने र राजा हुने अड्कल सबैमा थियो ।जब सिद्धार्थ गौतम यि सब सु:ख सयल राज पाठ संगै दरवारत्यागेर सत्याको खोजीमा हिडे त्यस पछि सुरु हुन्छ उनको नयॉ जीवन र जीवन प्रणालीको चर्चा ! बिबाहित एक सन्तानका पिता सिद्धार्थगौतम जब दरवार र परिवार पुरै त्याग गरेर हिडे तेस बेला उनलाइ कसैले कायरको संज्ञा दिए भने कसैले उनलाइ राजपाठ समाल्न नसक्नेडरपोक भगौडाको संज्ञा दिए । जे होस सिद्धार्थ गौतम बाट बुद्ध हुने चरण यहि निर शुरु हुन्छ ।

आज हामीले मनाउने बुद्ध जयन्ती, हामीलेमान्ने भगवन, हाम्रो आदर्श, हाम्रो प्रेर्णा, हाम्रो जीवन पद्धति, बिद्रोहको स्रोत संगै शान्ति र सत्यको मार्ग, पथ प्रदर्शक , एक महामानबउनैको जन्म जयन्तीमा उनैले हामीलाइ छोडेका अमर र अजर शिक्षाको बारेमा मेरो बिबेकले भ्याएको संगै दृष्टिले देखेको उनै सिद्धार्थगौतम बुद्ध लाइ समर्पण गर्दै बुद्धम सर्णम रहि लेख्ने प्रयास गर्ने छु !

गौतम बुद्ध एक यस्ता महामानव वा (भगवन) हुन् जुन एक अटल अमर हिमाल झै आफ्नै स्वच्छन्दताले भरिपुर्ण सास्वत सत्य ! पहाडर ढिस्काहरु धेरै हुन्छन् तर जुन अटल हिमाल स्वच्छ र कन्चन सिर ठाडो गरेर उभिएको छ हो त्येहि शिखरको तुलनानै छैन ! शिखर शिखरहो केवल शिखर ! गौतम बुद्ध केवल बुद्ध हुन न कुनै तुलना न कुनै दाजो अमर अनि अजर ! पुरै मानब जातीको इतिहासमा सायद कुनैअर्को नाम छैन होला जति बुद्धले मानव जातीको अन्तर आत्मालाइ उधेलित गरे । सायद यो पनि नहोला जति तथाकथित बुद्धिजीवीहरुलेगौतम बुद्ध लाइ सताएको होस ! मानवले मस्तिष्कों बिकास गरेका छन् तर बुद्धले हृदयको विकासमा जोड दिएका छन् !मस्तिष्कमा बुद्दीहुन्छ हृदयमा विवेक हो तेहि विवेक तिरको ईसरा नै बुद्ध मार्ग हो ।

बुद्धको धर्म बुद्दीमा हैन हृदयको विवेक संगै अन्तरआत्मा जगाउनु हो ।आज भन्दा २५६४ बर्ष पहिले जुनकुरा बुद्धले बोले आज पनि त्यो सार्थक छ, आउने हजारौ बर्षमा पनि सार्थक हुने छ। बुद्ध धर्मका पहिलाबैज्ञानिक हुन उनले उपदेश शास्त्र बाट हैन समझबाट र बिश्लेषणबाट दिएका छन् । बुद्ध अझ अगाडी भन्छन् जुन कुरा म भन्छु त्यो कहिलैनमान, पहिले खोज,जान बिश्लेषण ग़र ! जब सम्पूर्ण कुरा जान्छौ त्यस पछि मान्ने कुराको जरुरतनै पढ्दैन ! विना जानेर मानेको धर्महोस वा अरु कुनै चिज झुट सिवाए अरु हुनै सक्दैन ! दुनियाँमा जति पनि धर्म छन् तिनिहरुले पहिले अपनाउने मान्ने कुरा गर्दछन् तर बुद्धचाहि जान्ने कुरामा जोड दिन्छन् । जब कुनै कुरा जानिन्छ मान्नु पर्ने आवश्यकता रहदैन त्यों जीवन पद्धतिमा रुपान्तर्ण भई हाल्छ ।

जुनकुरा अनुभव बिना अबलम्वन गरिन्छ त्यो अन्धविश्वास हो । अध्यारोको डरले उज्यालोको खोजी गर्नु मुर्खता हो स्वयम दिप जलाउअध्यारो आफौ भाग्छ । बुद्ध स्पष्ट रुपमा भन्छन् सहारा भगवनको हैन अनुभवको र अन्तर हृदयको लिन सुझाउन्छन् ।डरले र लोभलेअवलम्बन गरेको आस्था के आस्था यो ईस्वरीय बिरोधी कुरा हो । ईस्वर हृदयमा छ अन्तर आत्मामा छ नकि कुनै शास्त्र, किताब, वाघरमा यो फजुलको बोमानी हो । बुद्धले कुनै पनि ठॉउमा इस्वरीय कुरा बोलेनन् तर बुद्ध नास्तिक पनि थिएनन् ।

जुन मानिस आफुलाईनास्तिक भन्छ उहि मानिस आस्तिक हुन्छ यो बुद्धको एक जीवन शिक्षा हो । बुद्ध धर्म शुन्यबादी धर्म हो तर शुन्य अन्त्य होइन ! हो त्येहि शुन्य बाट बुद्ध धर्म शुरु हुन्छ । बुद्ध मार्ग एउटा पर्वत मार्ग हो जतिहामी उकालो चढ्दै जान्छौ तेति माथी माथी देखिदै जान्छ ।

बुद्धका सात अमृत वचन यस्ता छन् :

१. जसरी हजारौ दियोलाइ एउटा दियोले आफ्नो प्रकाश कम नै नगरि प्रकास बाड्न सक्छ , खुसी पनि त्यसैगरी नै बाड्न सकिन्छ त्योंकम हुदैन ।

२. मानिस भित्र नै शान्तिको बास हुन्छ ,त्यसलाइ बाहिर नखोज ।

३. खुसिको कुनै बाटोनै छैन ,खुसी हुनु नै बाटो हो ।

४. चतुर्याई पुर्वक बाच्ने मानिस लाइ मृत्यु संग पनि डराउन जरुरी हुदैन।

५. अतित तिर ध्यान केन्द्रित नगर , भविष्यको पनि सपना नदेख वर्तमानमा ध्यान केन्द्रित ग़र ।

६. मानिसको मस्तिष्क नै सब थोक हो उसको मस्तिष्कले जे सोच्छ उ तेहि बन्छ।

७. पाइतलाले तेति बेला मात्र पाइतलाको महसुस गर्छ जति खेर उसले जमिन छोएको हुन्छ।

साचिकै यी बचनहरु जीवन्त र अमर छन् । यसै बाट हामी अनुभब गर्न सक्छौ गौतम बुद्ध कति महान र बैज्ञानीक रहेछन् ।अझ बुद्धलाई यसरी बुदादत रुपमा सहज रुपले सरलीकरण गर्न सकिन्छ :

१. गौतम बुद्ध दार्शनिक होइनन् एक द्रष्टा हुन।

२. गौतम बुद्ध परम्पराबादी होइनन् मौलिकताबादी देखिन्छन्।

३. गौतम बुद्ध विधिबादी होइनन् मानवतावादी हुन।

४. गौतम बुद्ध स्वप्न र काल्पनिक हवाइ महल बनाउने आदर्शवादी होइनन् मानव जातीलाइ ब्यावहारीक बस्तु निष्ट बनाउने जीवनतबादीद्रष्टा हुन।

५. गौतम बुद्ध शास्त्रीयबादी हैनन् बैज्ञानिक हुन।उनसे हरेक कुरालाइ खोज र बिश्लेषणमा जोड़ दिएका छन्।

६. गौतम बुद्ध कुनै कुरा मान्नु भन्दा पहिले जान्नु पर्ने कुरामा जोड़ दिन्छन्।

७. गौतम बुद्ध एक सुसज्जित मानव इतिहासका हिरा हुन।

“यस धर्मो सनन्तनो “! धर्म सास्वतर सनातन हो ,धर्म जीवनको पहिलो सत्य हो ।बुद्धले धर्म लाइ पहिलो पटक बिज्ञानको रुपमाप्रतिष्ठा दिलाएका छन् । यस भन्दा पहिले धर्म अन्धविश्वास थियो !उनि अगाडी भन्छन् जब तिमी ऑखा खोल्छौ तेस पछि देख्नेछौ ।धर्मखोज्न आकाश तिर वा मन्दिर, मस्जिद, चर्च गिरिजाघर कुनै ठॉउ जानु पर्दैन यो त तिमी भित्र सागर झै बगि रहने पवित्र गंगा हो ! धर्मपाउने एक मात्र उपाय स्वम आफै भित्रको प्रवेश हो । गौतम बुद्ध भन्छन् जब मानिस डराउन्छ तब धर्मको साहरा लिन्छ यो ग़लत हो ।बुद्धले केवल आस्तिक लाइ मात्र एक ठॉउमा उभ्याएन नास्तिक लाइ पनि यो पदमा उभ्याएको छ।

आज मानव जाती कोभिड १९ को महामारीले आकारान्त बनेर थला परि रहेको छ । आफुलाई स्वम भगवन र आफ्नो देश अनिब्यावस्थालाइ स्वर्गको वखान गर्ने पश्चिमा देश र संस्कार सायद बुद्ध जीवन पद्धति अवलम्बनको प्रखाइमा रहेका छन् ।हामी यतिसुसम्पन्न छौ जुन मानब जातीको मस्तिष्क हैन हृदयको बाँसुरी बजाउने , मानवताको पाठ सिकाउने महामानव गौतम बुद्धको जन्म भुमीबाट २५६४औ जन्म दिनमा मानवताको संन्देस प्रवाह गर्दैछौ । आउ मिलेर बिश्व मानवताको झण्डा यो बुद्ध भुमी बाट उचालौ । बिश्वमानव समुदायले ब्याभिचारी हैन समान र सत्वगुण सत्य आवाज़ वुलुन्द गरौ यहि छ मेरो २५६४औ बुद्ध जयन्ती को सन्देश र शुभ कामना !! उनै महामानव गौतम बुद्ध लाइ नमन । सबैको जय होस।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार १०:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।