नेपालले बुधबार औपचारिक रुपमा जारी गरेको राजनैतिक तथा प्रशासनिक नक्सा भारतले अस्विकार गर्ने जनाएको छ । आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक विज्ञप्ती जारी गर्दै नेपालको नक्सा भारतलाई अस्विकार्य भएको जानकारी गराएको हो ।
नेपाल सरकारले आज जारी गरेको अद्यावधिक नक्सामा भारतको भूमि पनि समावेश भएको भन्दै यो एकपक्षीय रुपमा गरेको काम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन भनि उल्लेख गरिएको छ ।
कूटनीतिक वार्ताको माध्यमबाट सीमाना मुद्दाहरूको समाधान गर्न द्विपक्षीय समझदारीको विपरित हो।’ नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा जारी गरेकोमा भारतले कृत्रिम विस्तारको संज्ञा दिएको विज्ञप्तीमा उल्लेख छ ।
त्यसलाई आफूले स्विकार नगर्नेपनि स्पष्ट पारेको छ। नेपाल यस विषयमा भारतको स्थिर स्थितिसँग राम्ररी परिचित छ र हामी नेपाल सरकारलाई यस्तो अनुचित कार्टोग्राफिक दाबीबाट टाढा रहन र भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं ।
हामी आशा गर्दछौं समाधानका लागि कूटनीतिक वार्ताको सकारात्मक वातावरण सिर्जना गर्नेछ।’ विज्ञप्तीमा भनिएको छ ।

















प्रतिक्रिया