Logo

विचार / ब्लग

“भारतको बल मिच्याइ र मिडियाहरुको नेपाल माथिको रोइलो”



बिश्व अहिले कोरोना कहरबाट आक्रान्त भइरहेको अवस्थामा हाम्रो छिमेकी जो आफूलाई नेपालको सबैभन्दा हितैसी मित्र ठानि ‘बढे भाइ’ ठानी टोपल्ने भारतले पिडा माथि थप पिडाको एपिसोडलाई निरन्तरता दिन अर्को कदम चालेको छ । कालापानी, लिपुलेक लिम्पुवाधुरा सहितको हाम्रो आफ्नो भूभागमा एकतर्फी रुपमा सडक बनाएर सोको उद्घघाटन नै गरिसकेको छ ।

सर्बे अफ इन्डियाले नेपाली भूभाग समेतलाई भारत तर्फ पर्ने गरि नोभेम्बर २०१९ यता दुइ वटा राजनीतिक नक्सा प्रकाशन गरेपछी नेपालमा तेस्को चर्को बिरोध भैइरहेको छ । भने सहदा सहदा अचाक्ली नै भएर अहिले हाम्रो देशले पनि पहिला आफ्नो भएको र तत्पश्चातका राजा महाराजाहरुको बेवस्ताका कारण अर्कैले हडपेको भूमी सहित सामेल गराएर नयाँ राजनितिक नक्सा जारी गरे पछिको गर्मा-गरम अवस्था देखिदै आएको छ ।

यस बिसयमा नेपाली टेलिभिजन सो सिधाकुरा जनतासँगका संञ्चालक रबी लाकिछानेसँगको एक प्रत्यक्ष डेबेट कार्यक्रममा भारतीय थिङ्क ट्याङ्क, दक्षिण एसियाका विज्ञ तथा नेपाल मामलाका विशेष जानकार एसडी मुनी, पूर्व जनरल अशोक मेहताले पनि सदा जस्तै आफ्ना पट्टिको गल्ती छोप्न नेपालले प्रकाशन गरेको नयाँ नक्सालाई चिनियाँ कार्डको बिल्ला भिराएको संकेत गरे ।

जबकि चीन भारतसँग व्यापार घाटा सहेर नेपाललाई बोक्न चाहन्न भन्ने कुरा मुनीर मेहतालाई पनि अवगत नै छ । टेलिभिजन मै त्यस्तै अर्को टिभी कार्यक्रममा भारतीय सेनाका पूर्व जर्नेल जी डी बक्सीले घाँटीको नशा फुलाउँदै आई वी पी न्यूज च्यानलसँग कुरा गर्दै मुनीले जस्तै नेपाललाई चीनले उक्साइरहेको बताए । भारतीय राजनैतिक दल कांग्रेस आईको गोप्य सहयोग अनि चिनले “हामी छौ तिमीहरु अगाडि बढ” भनेर नेपाल सरकारलाई मोहोरा बनाएर उकासी रहेकोले नेपालले अहिले यो कदम चालेको उनको डाइलग सुन्दा पंक्तिकारलाई यो स्तम्भ लेखिन बाध्य गरायो ।

त्यस अघि नेपाललाई कुनै पनि जानकारी नदिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया रास्ट्रपति सी चिन्फिंगले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा बिकास गर्ने भनि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सिमाबिदहरु बताउँछन् । सन् २०१५ मा चीनमा सि जिङ् पिङ र नरेन्द्र मोदीले यो मार्ग निर्माणको कुरा गर्दा हामीलाई सोधनीसम्म नगर्नु उनीहरुको उपर्युल्लिखित मानवीय कमजोरीको पराकाष्टा हैन र ?

अहिले सिमा बिबाद उत्कर्षमा पुगेको छ । यी हेपाह प्रवृति सिमा समस्या तथा स्थानीय समुदायले भोग्नुपरेको घटनाले पुरै देशलाई दुखेको छ । लकडाउनको मौका छोपी भारतले नेपालको भूमि अतिक्रमण बढाएपछि देश तथा बिदेशमा रहेका नेपालीहरु निकै आक्रोसित भएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्स मार्फत धार्चुला – लिपुलेकलिंक रोड उद्घाटन गरेपछि नेपालमा सर्बत्र बिरोध भएको छ ।

भारतले ‘सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुराबाट बग्ने नदीलाई महाकाली नदी भने पनि महाकाली सन्धि ताका लिपुलेकको मुहानबाट बगे कैलाई सीमा नदी मानेकोले डाँडैडाँडाको सिमानाङ्कन गरी छुट्याइएको कालापानी भूभाग तिमीहरु कै हो, मानसरोवर जाने–आउने र चीनसँग बन्द व्यापार गर्ने मार्ग निर्माणमा सम्भाव्यता अध्ययन गर्दा केही भाग कालापानीमा पऱ्यो, लिपुलेक क्षेत्रको विवादित भूमिका विषयमा इ. पि.जी. समूहले भारतीय प्रतिक्रियावादी सरकारलाई समस्या छिटो सुल्झाउन दुइ देश स्तरिय सम्मिलित समितिले धेरै खोज अध्यन गरेर बनाएको प्रतिवेदन आग्रह गरेको धेरै भईसकेको छ तर मोदी सरकारले प्रतिवेदन बुझ्न नै आलटाल गरिरहेको गरिरहेको अन्तर्ह्य यतिबेला छर्लङग भएको छ ।

सीमा विवादका सन्दर्भमा भारतीय टेलिभिजनमा आएका एक लौटी अन्तरवार्ताहरूमा नेपाली र भारतीय नागरिकहरूको एकप्रकारको ‘भर्चुअल वार’ भैरहेको छ । शायद सन २०१५ को भूकम्पपश्चात भारतीय मिडियामा नेपालबारेका सामग्रीहरू यतिधेरै प्रसारित भैरहेको यो नै पहिलोपटक हुनुपर्छ । भारतीय जि न्युजले त झन नेपाल र भारतबीचको पावर सेपेरशन गरेर हाम्रो अगाडि नेपालसँग केहि छैन ।

हामीसँग बिश्व कै चौथो ठुलो सेना छ तर नेपालसँग मुट्ठीभरका सेनाको टुकटी छ, हामीसँग यत्ती धेरै सम्पती छ, तर नेपाल यत्ती गरीब छ भनेर तुलना गर्नै भ्याइसक्यो । तर सबैले बुझ्नु पर्ने कुरा के हो भने रास्टृकाे अस्तित्व सबैको बराबर हुन्छ । चाहे कोही सानो होस चाहे ठूलो नै । भारतको मूलधारको पत्रिका हिन्दुस्तान टाइम्सले त ‘नेपाल सुड रिकाउन्सिल टु रियालिटी’ शीर्षकमा सम्पादकीय नै लेख्यो । देशको सार्बभौमसत्तासंग जोडीएको नक्शा जारी भएको ऐतिहासिक घटना पनि हाल प्रकाशनमा रेहेका कतिपय दैनिकको आजसम्म पनि सम्पादकीयको बिषय बन्न सकेन/ बनाईएन ।

सार्बभौमसत्ताको बिषय पनि सत्तामा को छ भनेर हेर्ने बिषय हो र ? हामीले आफ्नै भूमी दाबी गर्दा जसरी अहिले ‘पारी पट्टिका’ सम्पूर्ण मिडियाहरु एक मुख हुँदै हातै धोएर खोइरो खनिरहेको बेलामा सो को प्रतीरक्षात्मक काउण्टरका साथ ‘आवाज बुलन्द’ पार्नका लागि यता वारी पट्टिका हाम्रा ‘कथित मुलधारका ठूला भनाउदा नेपाली मिडियाहरु’ चाही चू.. समेत नबोलेको देख्दा केहि अघी मात्र प्राधानमन्त्री ओलीले ब्यक्त गरेका “हाम्रा अधिकान्स ठूला मिडियामा मुटु भएका सम्पादक नभएको” अभिब्यक्ती वास्तब मै आज प्रमाणित भएको भावानुभूत हुँदैछ ।

भारतीय मिडियाको रवैयाको आलोचनामा उत्रिरहँदा केही दर्शक-पाठक नेपाली मिडियाले युद्ध छेडोस् भन्ने चाहना पोख्दैछन्। मिडियाको काम युद्ध छेड्ने होइन, युद्ध रोक्ने हो।  शान्तिपूर्ण रूपमा, सचेतना बढाउँदै, संवादको वातावरणलाई प्रोत्साहन गर्नै पर्दछ । राष्ट्रीयताको सवालमा कहिल्यै नझुकेको हाम्रो शिर भारतीय मिडियाहरुले के बुझ्न सक्थे र ।

नेपाल-भारत सम्बन्धमा बिवाद पहिला पनि आए, गए । तर, यस पटक भारतको मिडिया र संजाले ट्रेन्डमा, नेपालीका प्रति जसरी कटु बोलिदै छ, त्यसले भारतको जनस्तरमै नेपालीकाबारे गलत छाप छोडदैछ । पहिला बिवादहुँदा, त्याहा यसरी व्यापक कटु स्तरमा टिप्पणी भएका थिएनन। यो अप्रिय र चिन्ताको बिषय हो । यी र यस्ता क्रियाकलापहरुले दुवै तर्फका सरकार तथा दुवै देशका जनताबीचको सम्बन्ध र भईचारामा ठेस पुगेको छ।

यो बेला “नक्सा निकालेको सरकारले होइन हाम्रो कर जोड बल ले ‍पो हो त” भनेर हाम्रै भित्रका केहि नेताजीहरुले गर्दै गरेको बकबकलाई इतिहासले कुरी-कुरी भन्ला है । किनकि यो बेला सबै मिलेर सरकारलाई साथ दिइ आफ्नो गुम्न लागेको स्वभिमान फिर्ता ल्याउन पहल गर्नु पर्ने टड्कारो आवस्यकता हो । जसरी प्रतिपक्षका नेता डा. मिनेन्द्र रिजालले दुरासाय रुपमा प्रश्न सोध्ने भारतीय पत्रकारलाई राम्रै तरिकाले सबक सिकाए । भारतका पनि विश्व युवा संघले नेपालको पक्षमा बोल्नुले विश्व जनमत नेपालको पक्षमा रहेको अनुभूति गराएको छ ।

हो त्यसै गरी हामी पनि सबै जना लाग्नु पर्छ । यो बेला पार्टीगत कुरा गर्ने होइन । हामी सबै मिली सरकारलाई साथ दिने हो खुट्टा तान्ने होइन । जब रास्टृयता का कुरा आउछ सरकारलाई पार्टीका नेताहरुले साथ दिने हो षड्यन्त्र रच्ने होइन, त्यसको चाँही आयो, मेरो नामै आएन भनेर इर्स्यालु ब्यवहार देखाउने बेला होइन यो, यो बेला सबै नेपाली एकजुट भएर भारतीय पक्षबाट हुँदै गरेको ज्यादति अनि पारीका संञ्चार माध्यामले छरीरहेको भ्रम र दुस्प्रचारको सबै मिलेर सामना गर्ने र आफूलाई कुटनैतिक रुपमा सबल र सक्षम सावित गर्ने बेला हो। भारतीय मिडियाको रोईलोलाई काउन्टर दिने र गुम्न लागेको हाम्रो आफ्नो अस्मितालाई बचाउन लागि पर्ने बेला हो यो ।

अगाडी बढ्दै गरेको नेपाल सरकारलाई हामी परदेशियाका लाखौ लाख नेपालीहरुको साथ छ । आफ्नो स्वभिमान रक्षाको लागि हामी जस्तो सुकै त्याग तपस्या र बलिदानी पनि गर्न तत्पर छौ । तर सुरुमा स्मार्ट डिप्लोमेसी मार्फत समाधान खोजौ, यदी त्यो पनि भएन हाम्रो पुर्खाको इतिहास भारतीय पक्षलाई सम्झाउन नै परे पनि सबै मिली सम्झाइ दिउला । हामी सत्य छौ, सत्यको पक्षमा बिश्व एक भएर हामीलाई साथ र समर्थन गर्छ ।

घरेलु राजनीतिक मुद्दामा विभाजित भए पनि देश, सार्वभौमिकता र नेपाली स्वाभिमानको मुद्दामा नेपाली सबै एक छौ भनेर देखाउने अवसर अहिले हामीलाई प्राप्त छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिभाज्य भूभाग हुन् र रहनेछन् भन्ने मुद्दामा यतिवेला सिंगो देश जोडिदैछ । हामी कसैमाथि असमान/अपमानजनक व्यवहार गर्दैनौं, कसैले हामी माथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं ! नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन / अपमान गर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् ।

नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित छौ हामी । भारतीय मिडियाको रुवाबासी सुन्दा लाग्छ नेपालले भारत विरुद्ध युद्ध सुरु गरेछ । सदै भरी “जी भाइ साहेब्, जी भाइ साहेब” गरेर मुन्टो मात्रै हल्लाउने प्रधानमन्त्रीहरु इतिहासमा थिए पनि होलान तर अहिलेका प्रधानमन्त्री चट्टानी अडान भएका तिन करोड जनाताको साथ प्यार्, भरोसा अनि स्वभिमान लिएर बनेका छन् भने झण्डै झण्डै दुइ तिहाइ जनमतको बलमा अडिएको धरातल छ सरकारको ।

हाे भारत ठूलो छ, साधन स्रोत सम्पन्न छ, उसले दक्षिण यसिया कि सबै देशहरुको आफूलाई बाउ ठान्छ भने त्यो उसको ठुलो भ्रम हो । हेक्का रहोस सबै बाउहरुको बाउ अनिवार्य हुन्छ्, उसलाई हजुरबाउ भने जसरि हामिलाई समर्थन गर्न धेरै रास्ट्र अनि संयुक्त रास्ट्र सङ्घ पनि छदैछ । तसर्थ यो बेला सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्ने हो अनि हामी सबै जनताहरुले सरकारलाई साथ सहयोग अनि हौसला प्रदान गर्ने हो । यतिबेला हामी बिवाद र बिसम परीथिती चाहदैनौ ।

केवल हामीलाई आफ्नो भूमी फिर्ता चाहियो भन्ने हो । जुन कालापानी मात्र होईन पूर्व देखी पश्चिम सम्मका लाखौ हेक्टर जमिन हडपेको छ भारतले, हो त्यो जग्गा फिर्ता चाहेका हौ हामीले । मिडियामा भारतीय पक्षले जसरि बोल्न र लेख्न हामीलाई पनि नआउने होइन तर हामी समस्याको स्मार्ट डिप्लोमेसी मार्फत सामाधान चाहेका हौ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार १४:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।