Logo

अनलाइनपाना खोज

सबैकुरा कोरानामा केन्द्रित त्यही कोरोना सबैभन्दा अपहेलित !



देश सम्पूर्ण रुपमा कोरोनामै केन्द्रित छ । वितेको लामै समय नै देशको प्रमुखकाम भनेकै पनि यही कोरोनाबाट बच्ने, बचाउने र कथंकाल कतै कसैमा प्रवेश भएछ भने त्यसबाट राज्यको सम्पूर्ण शक्ति लगाएर उद्धार गर्ने मात्रै भएको–रहेको देखिन्छ । वास्तवमा नै लकडाउनको यो ६० दिनमा सरकारले आफनो शासन जोगाउन, गर्न हुनेनहुने केके हो, गरेको बाहेक कोरोनामा केन्द्रित नभएको कुनै काम अपवादमा मात्रै भएहोलान नयाँनक्सा बनाउनेबाहेक ।

संक्रमित किन अपहेलित ?

वितेको लामै समयदेखि अति दूर्गम अति सुगम जहाँको होस एउटा वडा, गाउँ, नगर, शहर, जिल्ला, प्रदेश र केन्द्र तथा त्यसको राजधानी कोरानामय छ तर त्यही कोरोना चाहिँ डरलाग्दो रुपले अपहेलनामा परेको छ । जस्तो कि एउटा व्यक्तिमा कतै कोरोना प्रवेश भैहाल्यो भने त्यो कति छिछि र दूरदूरमा परिरहेकोछ भन्ने सम्वन्धितले त महशुस गर्ने भएनै देख्नेको मन समेत थर्थराउन थाल्छ । जताततै कायम भैसकेका र भैरहेका छन यसका उदाहरणहरु । यसका क्रन्दन दिनैपिच्छे क्वारेण्टाइन र आइसोलेशन कक्षबाट प्रकट भैरहेका छन । उनीहरुलाइनै उद्धार गर्न भनी खोलिएका यी कक्षबाट मान्छेहरु किन भागिरहेका छन र मौकापर्नासथ भाग्ने दाउमा किन छन भन्ने पश्न गम्भीर हुनुपर्छ यदि कोरोनानै सबैकुराको केन्द्र हो भने ।

यतिबेला खासगरी राज्यसंग सम्वन्धित जसले जेगरेको छ त्यो कोरोनाको प्रभाव नपरोस भन्ने हो अनि परिहाले त्यसको उद्धार गर्नका लागि भनी राज्यले ठूलाभन्दाठूला प्रतिवन्ध, ठूलाभन्दाठूला खर्च र ठूलाभन्दाठूला नीति र कार्यक्रममा कोरोना बाहेक अर्को नहुनेकुरा सहजै अभ्यासमा आइसकेकोछ । यसमा संक्रमणको सम्भावना र संक्रमित दुइवटा तह रहने गरेका पाइयो । तर जव यो कुनै एउटा व्यक्तिमा प्रकट हुन्छ, त्यसपछि त्यो व्यक्तिले जस्तो अपहेलनाको चरम व्यहोरिरहेको वा व्यहोरिरहन परेको अवस्था छ । यो त्यसकै चर्चा हो । यस्तो अपहेलना नहोस भनी राज्यले के गर्‍यो वा गरिरहेको छ भन्ने प्रश्नलेपनि उत्तर मागिरहेको छ ।

प्रधानमन्त्रीले नै ‘सोत्तर’ भनेपछि…

कोरोनाको सम्भावित संक्रमित र संक्रमितको यस्तो अपहेलना राज्यको उच्च तहबाट नै हुनेगरेको पाइनु त दुखद नै हो । कुनैपनि एउटा व्यक्ति कोरोनाबाट संक्रमितहुन र त्यसबाट ज्यानलाई मर्नेबाच्ने दोसाधमा राख्न चाहँदैन । तर देशका प्रधानमन्त्रीले नै सर्वप्रथम यो सत्यलाई विर्सिदिए र संक्रमणको छेउछाउबाट उद्धार गरिदिन माग गरिरहेका नागरिक प्रति धेरैनै अपहेलित शव्द लिएर प्रकट भैरहे यो लामो समयसम्म । पछिल्लो पटक यस्तो चाहनाराख्नेहरु प्रति देशलाई नै ‘सोत्तर’ बनाउनेहरु भन्ने संज्ञा दिए त्यो पनि जनताले छानेको अर्थात जतनाको सर्वोच्च निकाय ससदमा ।

यस अघि (बैशाख २ र ६ अन्तर्वार्ता) पनि यसैगरी सम्वोधन गरेका थिए नेपाली नागरिकहरुलाई सरकारले देशको छुटेका भूभाग समेटेर नयाँनक्सा पास गरेको पर्शिपल्ट ६ जेठमा संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तालिका अनुसार प्रधानमन्त्री उपस्थित भए । सांसदले सोधेका प्रश्नको उत्तर दिनु पर्ने हुन्छ । ती मध्ये सबै सांसदले सोधेका एउटा पश्न थियो – नेपालभारत सीमाना छेउमा आइपुगेका र विदेशमा अलपत्र परेका तथा नोपाल फकृनपाउ भनी हार गुहार गरिरहेका नेपाली नागरिकका बारे । सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा उनले भने –

‘विदेशमा करिब ४५ लाख मानिस छन् । यो कतारले, अष्ट्रेलियाले १०० मान्छे लगेजस्तो हैन । ४५ लाख मान्छे भित्राउन कति जहाज चाहिएला ? कति महिना लाग्ला ? कुन जनशक्तिले क्वारेन्टाइन बनाउने ? कोरोना मात्रै भित्राउने ? देशै सोत्तर पार्ने ?’

प्रधानमन्त्रीका यी शव्दले विदेशमा रहेका नेपालीहरु यो देशका नागरिक होइनन । तिनीहरु देशलाई सोत्तर पार्ने कोरोना हुन । प्रधानमन्त्रीले यसो भनिरहँदाको समयमा चारपाच हजार नेपाली भारतका विभिन्न ठाउँबाट १०–१२ दिन पैदल हिडेर नेपाल भारत सीमाको दशगज्जामा जम्मा भएका थिए । उनका माग थिए आफनो घरजान पाउँ । त्यसमध्ये कतिपयले त भारतीय क्वारेण्टाइनमा आधा एकमहिना विताइपनि सकेका थिए । बाँकीरहकाहरु राजी खुशीलेनै बस्न तयार थिए ।

राज्यका सबै कामकुरा कोरोना केन्द्रित भएको बेलामा कतैबाट आफना नागरिक आफनो देशमा आउन चाहन्छन भने त्यसको व्यवस्थापन गर्नुृ राज्यको एउटा प्रमुख कामनै हो । तर प्रधानमम्त्रीले ती नेपालीलाई सोत्तर भनिदिए । प्रधानमन्त्रीको यो जवाफबाट स्पवदेश फर्कन खोजिरहेका ती मान्छे र उनका परिवार जनले कस्तो अपमानवोध गरेहोलान भन्ने अनुमान गर्न सकिन्छ । ती नागरिक ती देशमा यतिबेला कस्तो अवस्थाबाट गुज्रीरहेका होलान भन्ने त कल्पनापनि गर्न सकिन्न ।

प्रधानमन्त्रीको यो भनाइ विदेशमा रहेका नेपालीहरुका सन्दर्भमा थियो । तर त्यसको कूप्रभाव यता नेपालमै कोरोना लागकामा पनि प्रकटहुन थाल्यो । जिम्मेवारु प्रापत निकाय पन्छिन थाल्नुले बुझाउने कुरा त्यही हो ।

संस्था पन्छिएका नमुना

प्रधानमन्त्रीले विदेशबाट नेपाली आए भने तिनले नेपाललाई सोत्तर पार्ने भनेको केह दिनपछि नै यता नेपालकै सँस्थाले नेपालमै यो रोग लागेका प्रति त्यस्तो अपहेलना गरेका पाइयो भने त्यो झनै दुखद मान्नुपर्छ । कोरोना विरुद्ध कृयाशील अभियान चलाएको अर्थात लकडाउन गरेका ६० दिन वरपर कोरोना पीडित कति प्रताडित भैरहेका छन भन्ने यो विवरण प्रधानमन्त्रीलेपनि हेरुन । यसले राजधानीमै यस्तो हुन्छ भने मोफसलमा कस्तो होला भन्ने दृश्य बताउछ । काठमाडौं उपत्यका सरकारले कोभिड क्लिनिक भनेर देशभरीमै सबै भन्दाबढी (६ वटा) अस्पताल तोकेको ठाउँ हो ।

यहीठाउँको हालैको विवरण –

शनिबार एक संक्रमितले अस्पतालमा भर्ना नपाएर सात घन्टा एम्बुलेन्समै बिताउनुपर्‍यो । दिउँसो ३ बजे एम्बुलेन्समा पाटन अस्पताल पुगेका ती संक्रमितलाई राति १० बजे बल्ल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको छ । सर्लाही घर भएका ती संक्रमित एक साताअघि भारतको महाराष्ट्रबाट फर्किएका थिए । नेपाल प्रवेश गरेपछि टेम्पोमा घर जानेवेला सप्तरीमा उनी दुर्घटनामा परे र खुट्टा भाँचियो ।

उपचारका लागि काठमाडौं आएका उनी कुलेश्वरस्थित राजधानी अस्पतालमा भर्ना भएका थिए । शल्यक्रिया गर्नुअघि अस्पतालले गरेको स्वास्थ्य जाँचमा उनमा कोरोना पोजेटिभ देखियो । त्यसपछि राजधानी अस्पतालले उनको शल्यक्रिया नगरी शनिबार दिउँसो पाटन अस्पताल रेफर गरेको थियो ।

एम्बुलेन्समा पाटन पुगेका उनीसँगै दुईजना कुरुवा पनि थिए । अस्पताल प्रशासनले बेड खाली नभएको भन्दै बाहिरै कुर्न आग्रह गरेपछि बिरामी सात घन्टा अस्पतालको पार्किङमा एम्बुलेन्सभित्र बस्न बाध्य भए । राति १० बजे मात्रै पाटन अस्पतालले बिरामीलाई केएमसी अस्पतालमा रेफर गर्‍यो । पाटन अस्पतालका निर्देशककका अनुसार त्यसबीचमा बिरामीलाई राख्न अन्य अस्पतालसँग सम्पर्क गरिएको थियो ।

तर, सम्पर्क गरिएका अधिकांश अस्पतालले लिन आनाकानी गरे । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले ‘हड्डी फ्याक्चर केस’ नलिने बतायो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले शल्यक्रियासम्बन्धी सेवा नभएकाले भर्ना गर्न नसकिने जानकारी गरायो । शिक्षण अस्पतालले भर्नाका लागि आवश्यक तयारी नभएको भन्दै लिन मानेन । संक्रमितसँगै दुई कुरुवा पनि सात घन्टासम्म एम्बुलेन्समै बस्न बाध्य भएका थिए  ।

शवको प्रदर्शनी डरलाग्दो

कोरोनाको सम्भावना रहेर क्वावरेण्टाइनमा तथा पुष्टी भएर आइसोलेशनमा बसेकाहरुको अवस्था आफनो ठाउँमा छँदैछ यो बीचमा संक्रमणबाट तीन जनाको मृत्यु भयो । यी मध्ये दुइजनाको मृत्युपछिको जस्तो व्यवस्थापन भयो, त्यो व्यवस्थापन पछि जस्तो प्रदर्शनी भयो त्यो सम्वन्धितव्यक्ति प्रति अपहेलानाको एउटा चरम नमूनानै थियो केवल उसलाइ कोरोना लागको भन्ने कारणबाट ।

नेपालञ्ज नैनापुरको क्वारेण्टिनमा एकजना युवकको मृत्युभयो । त्यो मृत्यु आफै शंकास्पद थियो, उपचार नपाएको भन्ने । त्योपक्षको तल चर्चा भएकोछ । यहाँ उनको यो मृत्युपछि स्थानीय हज्जारौं नागरिकका सामुन्ने उनको मृतशीरलाई जसरी प्रदर्शन गरियो त्यो निश्चयनै अपहेलनाको चरम अवस्था थियो । एकदिन (४ जेठ) विहान झिसमिसेमा उनको प्राण गयोे । त्यसपछि उनी बसेको वा उनलाइ राखिएको क्वारेण्टिनको अलिकपर खुलाठउँमा उनको लास राखियो दिनभरीनै । क्वारेण्टिनमा उनी सगैबसेका डेढ दुइसय मान्छे यस्तो दृश्य हेर्न वाध्य भैरहे दिनभरीनै । त्यो ठाउँमा पाँचसातहजारको सख्यामा स्थानीयपनि थिए । उनकालागि पनि यो डरलाग्दो रमितानैबन्यो ।

यी सबैपछि बेलुका लासको व्यवस्थापन गर्न लागियो । त्यो झनै भयावह थियो । यो लासको व्यवस्थापनको प्रमुख माध्यम बन्यो डोजर । डोजरको ब्यागेडमा मान्छेको लास राखेर लगिएको यो दृश्य वास्तवमानै मन थर्काउने खालकै थियो । मान्छेमरेको पीडात छदे थियो त्योभन्दा भयावह अवस्था लासको यस्तो व्यवस्थापन बन्यो ।

बुटवलमा गुल्मीका एकजनाको जेठ ८ मा मृत्यु भयो । कारण संक्रमण नै भनियो । शंका छ तर अध्ययन चाहिँ भएको छैन । यहाँपनि यस्तै त होइन तर सरकारले आफैले बनाएको कोरोनाको संक्रमणबाट मृत्युभएमा जेजसरी अन्तिम संस्कार गरिने छ भनिएको थियो त्यसको विलकुलै विपरीत हुनेगरी भयो । आफन्तहरुलाई एउटा निश्चित दूरी कायम गरेर हेर्ने, फुल चढाउने आदि गर्न दिइएन मात्र होइन परम्पराअनुसार जलाउने लासलाई जंगलका बीचमा खाल्डो खनेर पुरियो सुरक्षा निकायका तर्फबाट ।

यसको सन्देश त्यो जिल्लाभरीमात्र होइन अन्यत्र पनि गयो डरलाग्दै हुनेगरी संक्रमितको अन्तिम संसकारका यी दृश्यले कोरोना संक्रमणकोे सम्भावित ठहरिएर क्वारेण्टिनमा बसेका, संक्रमण पुष्टी भएर आइसोलेशनकक्षमा उपचार गराइरहेका सम्वन्धितव्यक्ति, उनका परिवार र समग्र समाजले नै कस्तो धारण बनाइरहेका होलान भन्ने अनुमान गर्न सकिन्छ जसले संक्रमणको सम्भावनाको लेसमात्रको संकेत देखियो भने मनोविज्ञान आफै पराजित हुने खतरा हुन्छ नै । यो संक्रमणबाट बच्ने पहिलो शर्तनै उच्च मनोवल रहेको वताउछन विज्ञहरु । यी दृश्यको दुखद पक्ष भनेको त्यो मनोवल गिराउनु हो ।

बढी कोरोना बढी अपहेलना

कोरोनाले ल्याएको शव्द क्वारेण्टिन भन्दा अघि नेपालमा सबै भन्दाबढी चर्चामा आएको नाम थियो छाउपडी गोठ । छाउपडी गोठका बारेमा धेरै उल्लेख भैरहनु पर्दैन । अमानवीय आवासको यो एउटा मानवजातीकै क्रूरतम परिचय बनिसेकको थियो खासगरी पश्चिमी नेपालका पहाडी जिल्लामा । कोरोना महामारी प्रकट भएपछि देशभरी खडाभएका क्वारेण्टिनका अधिकांश सख्या छाउपडी गोठ जस्तै देखिए ।

त्यसको उदाहरण हो बाँके, नेपालगञ्जको गरिव भन्दापनि गरिब एउटा गाउ नरैनापुर । रिपोर्टमा आएअनुसार यो गाउँमा अझै सबैतिर विजुली पुगेको छैन । यता अवस्था यस्तोछ भने यो गाउँमामात्रै सक्रमितको सख्या करिव डेढसयको हाराहरीमा छ । देशैभरीको यो सवैभन्दाबढी सँक्रमित रहेकोगाउँ हुनपुगेको छ तर यसलाइ न केन्द्र र नप्रदेशले नै अहिलेसमम हेरेको छन । यसलाई अझ यसरी बुझौ –जहाँ बढी कोरोना त्यही बढी अपहेलना । स्थिति कस्तो आयो भने यो ठाउँको क्वारेन्टाइनमा कोरोना संक्रमित र संक्रमित नभएकाहरुको पहिचान गर्न नै गाहारो भयो । कारण हो सबै सँगै बस्न बाध्य थिए ।

एउटा गाउमा यतिठूलोसख्याको संक्रमित देखिएको घटना देशभरीकै यो पहिलो हो । यो गाउँपालिकाका अध्यक्ष मो.इस्तियाक शाहले आफू केही गर्न सक्ने अवस्थामा नरहेको बताइरहको छन । उनी भनिरहेका छन अवमैले धान्न सकिनँ । परिणाम कस्तो आयो भने क्वारेन्टाइनमा बसेका सबै संक्रमित भए । तर पनि यस प्रति प्रदेश र केन्द्र कुनै सरकारको पनि ध्यान गएन । धान्ने अवस्थापनि किनभएन भने यो एउटैपालिकामा सात सय बढी अझै क्वारेन्टाइनमा छन् । उनीहरुको धमाधम कोरोना परीक्षण भइरहेको छ । दिन दिनैजसो कोरोना संक्रमितको संख्या बढ्दो छ ।

पहिले यहाँ कोरोना संक्रमित पुष्टि भएकाहरुको सख्या पाँच थियो । चारपाँचदिनको अन्तरमानै यो सख्याबढेर ७३ पुग्यो । यी प्रक्ति पढिँदासम्ममा यो सख्या थपिएर ११४ पुगेको थियो । आज भोलीनै अझ कति थपिएला भन्ने अनुमान नै गर्न सकिने आवस्था रहेन । यहीँ हो एकजनाको क्वारेन्टाइनमा मृत्यु भएको पनि । पहिले उनी संक्रमित पनि थिएनन । भारतबाट आएका कारणले क्वारेन्टाइनमा राखिएको थियो । मृत्युपछि मात्र उनी संक्रमित रहेछन भन्ने रिपोर्ट आयो ।

बाँकेको यही नरैनापुरको क्वारेन्टाइनमा रहेका ६० जना कोरोना संक्रमितलाई २६ जनाको क्षमता रहेको आइसोलेसनमा सामन्यरुपमा एकजना अटने (सिंगलबेड) खाटमा कुनैमा त तीन जनासम्म हुनेगरी राखियो । एउटा बेडमा दुइजना त सामान्य नै मानियो तर दुइजनाको दरले जम्मा ५२ जना अटछन । बाँकी ८ जना त्यो सानोखाटमा तेस्रो व्यक्ति भएर वा खाट जोडेर निर्वाह गर्नुपर्ने भयो । कहाँ आइसीयू, कहाँ भेण्टिलेटर र कहाँ एउटा बेडमा तीनजना संक्रमित ! कोरोनाको संक्रमण विस्तार रोक्न र संक्रमितहरुको उपचार देशको प्रमुख काम भनी लकडाउन गरिएको दुइहिना पुग्नलाग्दाकोे अवस्था होयो । पहिले क्वारेण्टाइनमा बस्दापनि यो सख्या संक्रमण पुष्टी भएका र नभएका एकैठाउँमा थिए केही दिनसम्मनै ।

केन्द्रमा कोष गाउँमा कोरोना

केन्द्रमा सरकराले कोरोना राहतकोष खडागर्‍यो । यसमा साढे दुई अर्व पुग्दासम्म सरकारले यो कोषका बारे जानकारी दिइरहेको थियो । अव त यो कहाँ गयो भन्नेसमेत कतै अत्तोपत्तो हुन छाडयोे । यता दिनहू बढेको भार चाहिँ एउटा गाउले व्यहोर्नु परिरहेछ जो अत्यधिक गरिव पनि छ ।

यो कोष खडाभएको थियो यस्तै आपत विपदमा खर्च गर्नभनी । उदाहरणमा प्रस्तुत भउको यो उउटा गाउ योबेला जति संकटमा छ त्यसलार्य योकोषले देखेन । यसैकारण होला कोषमा रकम जम्मा गर्नेहरुलेनै कोषबाट भएका खर्च विवरणमाग्न थालेका । यो कोषको नामनै ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ रहेकोछ । तर नाम अनुसार योकाममा आएन । त्यसैकारण कोषमा रकम जम्मा गरेका सहयोगीहरुले खर्चको विवरण पनि सार्वजनिक गर्न माग गरेका हुनुपर्छ ।

प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयका अनुसार यो कोषमा हालसम्मम (जेठ ७ ) २ अर्ब २७ करोड ९९ लाख ४५ हजारभन्दा धेरै रकम जम्मा भइसकेको छ । उक्त रकममध्ये कति कहाँ खर्च भयो भन्ने बारेमा भने सरकारले जानकारी गराएको छैन । यसमध्येको एकडेढकरोड मात्रै पाइयो भने पनि बाँकेको सबेभन्दाबढी संक्रमित र सबैभन्दा गरिव गाउपालिकाका नागरिकले माथि उल्लेख भएजस्तो सम्भावित संक्रमितहरु संक्रमित संगै बस्न वाध्य हुने थिएनन होला ।

यस्तो संकटपूर्ण खडाभएको कोष यति अपारदर्शीरुपमा चल्छ भने यो पनि कोरोना अपहेलनामा परेको उदाहरणनै हो । कोषमा निजी क्षेत्रबाट सबैभन्दा पहिला १ करोड रुपैया रकम जम्मा गर्ने घोषणा गरेको नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष वसन्त चौधरीले कोषमा जम्मा भएको रकम कहाँ, कति र कसरी खर्च भइरहेको छ भन्ने सार्वजनिक गर्नमाग गरे ।

उनका अनुसार कोषमा जम्मा भएको रकम कसरी प्रयोग भइरहेको छ भन्ने जनताले थाहा पाउनु पर्छ । यतिबेला कोषमा जम्मा भएको त थाहा दिइएको छ तर खर्चबारे केहि वताइएको छैन । जुन प्रयोजनकालागि राहतकोष खडाभयो र दाताहरुले सहयोग गरे तयसलाई भरपर्दौ रुपले चलाउनपनि सरकार सक्तैन भने तयसबाट के अपेक्षा गर्ने ? दाताहरुमा यो शंका पहिलेनै थियो । त्यसकारण धेरै घरानीयाहरु नगद दिन तयार भएनन । दाताभन्छन खर्च विवरण सार्वजनिक नहुने र पारदर्शितामा शंका हुने भएकाले धेरै साथीहरुले नगदभन्दा आवश्यक सामग्री नै उपलब्ध गराउने तर्फलागे ।

क्वारेण्टाइन नै कहर बन्दै

वितेको लामो समयदेखि देशभरी नै एउटा ठूलो समस्या भएको को छ क्वारेनटाइनमा कोही बस्न नचाहने । क्वारेनटाइन एउटा सहज अवतरणको स्थल हो । संक्रमणको सम्भावना रहेको अवस्थामा त यो बसाइले एउटा व्यक्तिलाई ठूलो मदत गर्छ । उसका हरेक शारिरिक अवस्थाको राज्यका निकागारनीमा हुन्छन । एउटास्वतन्त्र व्यक्तिले शंकालागेमा परीषण गराउन एउटा महाभारत नै वेहोर्नु पर्छ । तर यो ठाउँमा परीक्षणकर्तााहरु आफै आउछन । स्थानीय निकायको निगरानी पनि राज्य नैहो । कोरोनाको संक्रमण नभएपनि उसको स्वस्थ्य परीक्षण निरन्तर भैरहेकोहुन्छ र एउटा निश्चित दिनसम्म कोरोनाको संक्रमण देखिएन भने रोगमुक्त मन लिएर परिवारमा जान्छ ।

यस्तो ठाउँ र सुविधाबाट मान्छे किन भाग्छ ? यसको उत्तर हुन्छ क्वारेण्टाइनका केन्द्रहरु त्यसको मापदण्ड अनुसार चलेका नहुनु ।

केही दिन अघिमात्रै कपिलवस्तुको यशोधरा गाउँपालिका–८ स्थित क्वारेन्टाइनबाट एकैपटक ४६ जना क्वारेन्टिान भागेका थिए । क्वारेनटाइनबाट मानिसहरु भागेको सार्वजनिक भएपछि स्वाभाविक छ गाउँ नै त्रासमा पर्‍यो । प्रश्न उठयो किन भागे र भागेकाहरुबाट के होला ? उनीहरुलाई स्थानीय प्रशासनले व्यापक खोजतलास गर्‍यो, भेटयो र क्वारेनटाइनमा फिर्ता गरेर राख्या । उनीहरुको गुनासो थियो –सुत्ने ठाउँ छैन, लामखुट्टेले टोकेर बस्न सकिएन ।

पर्शा जिल्लाका क्वारेण्टाइन खंखार अपराधी भन्दापनि झनै खूँखार मान्छे बस्नेजस देखायो प्रशासनले । त्यसै भएर प्रहरीले उर्दीनै जारी गर्‍यो –क्वारेण्टाइनबाट कोही भागेमा ठाडै गोली हानिने छ । प्रहरीलाई यस्तो अधिकार थियोकि थिएन तर यस्तोसूचना सार्वजनिकरुपमानै आयो । क्वारेण्टाइनबाटवयवस्थापन स्थानीय स्तरको गोली हान्ने चाहि केन्द्रिय प्रहरी ! यो सूचना नै अचम्मको थियो । यहीँबाट प्रश्न उठछ क्वारेण्टाइन यसरी बल प्रयोग गरेर राख्ने ठाउ हो ?

स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार लकडाउनको ५८ औं दिनसम्म २३ हजार मानिस क्वारेन्टाइनमा बसेका छन । तर उनको कन्त विजोकका बारे भने सरकार मौन छ । अवस्था कस्तोसम्म भने क्वारेन्टाइननै कोरोना संक्रमणको केन्द्र बन्दैगरेका जस्तो देखिन्छ । सबैतिरनै विद्यालय भवन क्वारेन्टाइनका प्रमुख केन्द्र हुन । तर, त्यहाँ न त भौतिक पूर्वाधार न सरसफाइ नै । एउटै कोठामा २५–३० जनाको बास । यस्तोमा कहाँ सामाजिक दूरी र स्यानिटाइजर, साबुनलगायतको उपलव्धता ? त्यसमाथि स्वास्थ्य परीक्षण छैन , औषधिको व्यवस्था छैन, स्वास्थ्यकर्मी त झनै हुने कुरानै भएन । यस्तोमा सबेमाछे एकठाउँमा बसे भने के हुन्छ ? यस्तोमा नाम कोरोनाको नाममा कोरोनालाई नै हेप्ने काम भएको मान्नु अस्वाभाविक नहोला

तीन मृत्यु तिनैमा शंका

जेठको यो पहिलो हप्ता, लकडाउनकोे दुइमहिनाको वरपर भाइरसले तीन जनाको मृत्यु भएको भनियो । तर तीनैवटा मृत्यु उपचारका क्रममा शंकास्पद रहे । तेस्रोमा ढाड चिरेर पानी निकालेपछि विमारी सिकिस्त भएका भन्ने आफन्तको भनाइ छ । त्यसको कारण वताइएको छैन । कोरोनानकोभाइरस र ढाडकोपानीसंग सम्वन्ध जोडिन पनि अनुसन्धान हुन जरुरी छ । त्यसो भएन भने कोरोनाकानाममा विमारी मानिसको शरिरमा अन्यथाको प्रयोग हुन सक्ने अवस्था व्यक्त हुनथालेको छ ।

मृत्युको पहिलो सुचीमा परेका अरु दुई जनाको घटनाले विकराल हँुदैगएको महामारीमा जीवन जोगाउने तर्फको आधारभूत उपचारमै प्रश्न उठेकोछ आमनागरिकमा डरलाग्दोभय उत्पन्न हुनेगरी । यहीनेर सरकार यो भय मेटन चाहन्छ कि कायम राख्न भन्ने प्रश्न खडा हुन्छ ।
प्रधानमन्त्रीले संसदमै भने – नेपालगन्ज र सिन्धुपाल्चोकमा दुई जनाको मुत्युको कारण कोरोना संक्रमण होइन । कोरोनाबाट कसैको ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भयो । कोरोनाबाट बच्न सिंगो राष्ट्र एकजुट हुन पर्छ । कोरोनाभन्दा अरू बिरामीको जटिलताले निधन भएको हुनसक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमित भए त्यहीबाट मृत्यु भएको मान्नुपर्छ ।

प्रधानमन्त्रीको यो भनाइले उल्लेखित दुइवटा मृत्यु कोरोनाबाट नभएको त्यसकारण चिन्ताको विषय नभएको भन्न खोजिएको हो कि भन्ने बुझनु पर्छ । अरु जेहोस यी दुवै बिरामीको मृत्यु उनीहरूलाई समयमा अस्पताल पुर्‍याउन नसक्दा भएको हो । नेपालगन्जका २६ वर्षीय युवालाई झाडाबान्ता चलेको थियो । झाडाबान्ताको पहिलो उपचार हो सलाइन पानी ।

उनलाई त्यो बेला अस्पताल पुर्‍याएर सलाइन पानी मात्र चढाउन सकेको भए धेरै सम्भावना थियो तत्कालका लागि यो जीवन जोगिने थियो । त भयो के भने उनलाइ अस्पताल नै लगिएन । सिन्धुपाल्चोककी सुत्केरी युवतीलाई सास फेर्न गाह्रो भएको थियो । यसको प्राथमिक उपचार हो तत्काल अक्सिजन दिनु । उनलाई पनि अस्पताल पुर्‍याएर सामान्य रूपमा अक्सिजन दिन सकेको भए, भेन्टिलेटरमा राख्न पाएको भए यो जीवन पनि जोगिने थियो होला । यी मृत्यु कोरोनाभाइरसबाट भएको होइन भन्ने पक्षबाट हेर्दा प्रकटहुने सम्भावना हुन यी ।

नेपालगञ्जोे घटना त प्रत्यक्ष रपमानै राज्यसंग जोडिको छ । क्वारेन्टिन राज्यको व्यवस्था भित्रको क्षेत्र हो । यो लकडाउनका बेला कोरोना संग सम्वन्धित विषयमा एउटा राम्रो भएको थियो क्वारेन्टिन कसरी चलाउनेभनी कार्यविधि निर्माण भएर । त्यो व्यवस्था अनुसार क्वारेन्टिन सेन्टरको साइनवोर्ड राख्नासाथ त्यसमा चौबीसै घन्टा एम्बुलेन्स र चिकित्सकहरुको निगरानी रहनु पर्छ । तर यसकोपालना कतै भएन । नेपालगन्जमा ती युवा मृत्युको मुखमा चार–पाँच घन्टा छट्पटिँदा एम्बुलेन्स आएन । पिपिई छैन भनेर चालक आउन नमानेको भनी यो क्वारेण्टिनका व्यवस्थापकलै ने भनिरहेका छन । त्यसो हो भने के एउटा युवा मान्छेको जीवन एकसेट पिपिई संग साटिएको हो त ? त्यसो हो भने कोरोनाका नाममा यतिठूलो, देशैबन्द गरेर बसेको सरकारले यो दुइमहिनाको समयमा के गर्‍यो भन्ने प्रश्न उठछ नै ।

(यसको समग्र अर्थ हो सबैकुरा कोरोना मै केन्द्रित, त्यही कोरोना चाहिँ सबै भन्दा अपहेलित अवस्थामा विते अहिलेसम्मको समय)।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १९:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।