Logo

अनलाइनपाना खोज

पचास दिनमा प्रधानमन्त्रीका तीन सम्वोधन : आफनै खण्डन बाहेक शून्य सन्देश



देशको कार्यकारी प्रमुख प्रधानमन्त्री जव बोल्छन त्यसले देशमा उत्साहको एउटा लहर नै ल्याउनु पर्ने हो । तर प्रधानमान्त्री केपी शर्मा ओलीले हालै (जेठ १२) गरेको पचासदिनभित्रको तेस्रो सम्वोधनले पनि कुनै सन्देश दिएन विगतमा आफुले बोलेका कुराको केही खण्डनमण्डन गर्नु बाहेक ।

पहिले उनले विदेशमा रहेका नेपालीलाई ‘कोरोनाका बाहक’ का रुपमा प्रस्तुत गर्दै आएका थिए भने अहिले तिनलाई त्यसो नमन्नू भनी अर्ति दिए । ८१ वर्षका बृद्धलाई बचाउन सकेकोमा सरकारको उपलव्धी माने तर चार दिनको बीचमा चारजना युवाको ज्यान गएकोमा सरकारको कमजोरी ठानेनन । १० दिन अघिमात्रै आफनो नीति र कार्यक्रममा उनले यो रोगबाट सबैको जीवन रक्षा गर्न सफल भएका छौं भनी घोषणा गरेका थिए । उनकै मुखबाट यो सम्वोधनमा प्रकट भएको चारजनाको मृत्यु सन्देशले त्यसकै खण्डन भएको बुझायो ।

सामान्य बेलामा पनि यस्ता महत्वपूर्ण पदाधिकारीका सम्वोधनबाट धेरै अपेक्षा गरिएको हुन्छ । झन यतिबेला त देश सँकटमा छ । गएको दुइमहिनादेखि नागरिक घरघरमै नजरवन्दी । अत्यावश्यक काम परिआएर सुनसान सडकमा निस्कँदा समेत नागरिक नाङ्गिन परेको र थुनिन परेको अवस्था प्रति प्रधानमन्त्री बेखवर रहेछन भन्ने दखायो यो सम्वोधनले । अवस्था कस्तोसम्म भयोभने यो सम्वोधनमा अव यस्तो हुँदैन भनी मुखले भन्ने काम समेत भएन ।

सम्वोधनका लागि सम्वोधन

कोरोनाको सन्त्रास डरलाग्दोसंग फैलिरहेको छ दिन दुगुना रात चौगुनको दरले । यस्तो बेला नै हो देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको राष्ट्रका नाममा आएको तेस्रो सम्वोधनले कुनै एउटासम्मपनि नयाँ दिशानिर्देश गरेको पाइएन यसो गरिनेछ र उसो गरिने छ भनी लेखिएको र पढिएको बाहेक । जनता लाई लकडाउनका नाममा नजरवन्दमा राखेको दुई महिनापछि प्रधानमन्त्रीले महामारी विरुद्धको लडाइँ लामो समयसम्म जान सक्छ भनेर आम नागरिकलाइ जस्तो नैराश्यता दिए त्यसमा समाजले बेहोर्नुपरेको कठोर अवस्थाको विकल्प के हुन सक्तछ र सरकार कसरी महामारीविरुद्धको लडाइँमा जान्छ भन्ने प्रष्ट खाका कतैपनि देखिएन ।

विगतको अलमलमा आगत शून्य

यो तेस्रो सम्वोधन लकडाउनको ६३ औं दिनमा आएको हो । सम्वोधनमा नै भनियो यी दिन केही अलमलमै विते । वितेका दिनमा अलमलभयो, आउँदा निदका लागि कुनै खाका छैन भने अनुमान गरौं अवस्था कस्तो होला ।

पहिलो सम्वोधन लकडाउन घोषणा गरेको १५ औं दिन चैत्र २५ र दोस्रो सम्वोधन नयाँवर्ष २०७७ को शुभकामना सन्देशका रुपमा बैशाख १ मा भएको थियो । यसको ४३ औंदिनमा दिनमा तेस्रो सम्वोधन लिएर प्रकट भए प्रधानमन्त्री जो लकडाउनको दुइमहिना तीन दिन हुन्छ । यो तेस्रो सम्वोधनको सन्देश भनेको नागरिक घरवन्दीमा छन है भन्ने कुरा प्रधानमनत्रीले ४३ दिनमा सम्झिएछन भन्ने पक्षबाट हेरे धेरैले ।

चिनमा ५६ दिनमै संक्रमण शून्य

कोरोनाको जन्मभएको देश चिनको अनुभव हेर्ने हो भने लकडाउनको ५६औ दिनमा त्यहा आन्तरिक संक्रमण शून्यमा झरेको थियो । नेपालमा लकडाउनको ५६औ दिन पुग्दा यता कोरोनाको रफ्तार दिनमा सरदर ५० को सख्यामा थियो । प्रधानमन्त्रीलेपछिल्लोसवोधन गरेकै समय देखि यो सयकोदरमा चढेर त्सभन्दापनिमाथि पुग्न थाल्यो ।

चिनामा लकडाउन गरेको ५६ औँ दिन (२३ जनवरी १९ मार्च) मा आन्तरिक संक्रमण शून्य बनाएको अवस्थामा नेपालमा लकडाउनको त छिमेकीले गरेजस्तै अनुकरण भयो तर उसले त्यो समयको कसरी उपयोग गरेर संक्रमण घटायो भन्ने चाहि कतै हेरिएन । अवस्था कस्तोसम्म देखियो भने चिनमा संक्रमितको सख्या ७७२ पुग्दा लकडाउन लागुभएको थियो त्यसको ५६ ओदिनमा शुन्यमा झारियो । यता नेपालमा संकमणको सख्या २ पुग्दा सुरुभएको लकडाउनको ६० दिन पुग्दा संक्रमितको सख्या ले ६०० नाघ्यो ।

लकडाउन र संक्रमण संगसंगै

गएको दुइमहिनामा दुइवटा कुरा अपेक्षा गरिएको भन्दा धेरै नै तिव्र गतिमा विस्तार भए । पहिलो, लकडाउनको म्याद थपिएको थपिएै भयो । दोस्रो, संक्रमणको रफ्तार पनि बढेको बढयै भयो । लकडाउनको म्याद थप पहिले हप्तादिनको दर थियो भने पछिललोसमय १५ दिनको दरकायमभयो । संक्रमणको दर पनि हप्तामा एकजनाबाट बढदै बढदै दिनमा ५० – ७५ र पछिल्लो समय १०० मा पुग्यो जिल्लाकोदर पनि पहिले उउटा थियो भने यतिबेला पँचास नाघेको अवस्थामा छ ।

लकडाउन र संक्रमणकाबारे यतिबेलाको अर्को समानता के देखियो भने यी दुबै अनिश्चतमा रहे । लकडाउन कहिले सकिन्छ त्यो पनि थाह छैन र संक्रमणको विस्तार कहाँ पुगेर घट्न थाल्ला त्यो पनि कसैले भन्न सक्ने अवस्थामा छैन ।

यी दुबै कुरा जनताका लागि अत्यन्त पीडादायी हुन । लकडाउनका प्रारम्भिक दिनमा सरकार भनिरहेहो थियो – लकडाउन र संक्रमण संगसंगै हिडनै सक्तैनन, केही दिन धैर्य गरौं । सरकारको यो दावी उल्टोभयो । कम्तीमा यो दुइमहिना यी दवै संगसगै हिडिरहेका छन र कहिलेसम्म यिनको यो हल गोरु जस्तो समान यात्रा चलिरहला भन्ने कसैलाई अत्तोपत्तो छैन । कम्तीमा एउटापक्ष घटेको भए सरकारले मेहनत गरको भन्ने हुन्थ्यो होला । यतिबेला त त्यस्तो ठाउँ पनि रहेन । पछिल्लो सातौं पटक सबैभन्दालामो १५ दिनकोम्याद थपिएपछिको कोरोनाको रप्तार दिनमा ५० – ७५ र १०० को दरले बढयो ।

प्रधानमन्त्रलिे सम्वोधन गर्दा लकडाउनको ६३ औ दिन थियो भने संक्रमितहरुकोसख्या ७०० । मृत्युभएका चारजनाको पुष्टी, एकजनाको रिेपोर्ट आउँदै ।

सम्वोधनको भोलीपल्ट

प्रधानमनत्रीले कोरोनानको विस्तार भयावह हुने त देखाए तर त्यसको रोकथाममा कुनै योजना र कार्यक्रम नभएको भन्ने स्थलगत विवरणहरुले नै देखाए । यसले लकडाउनबाट नेपाली जनताले दुखपाएको अवस्था पनि खेर गएको बुझायो । केही उदाहरण हेरौं –

एक : प्रधानमन्त्रीले सम्वोधनमा सीमामा आइपुगेका नेपालीहरुलाई सम्मानपूर्वक प्रवेश गर्न दिनू भने । तर उता प्रवेश दिइएन, रोकियो, रोकिएकै ठाउँमा उपचारको अभावमा एकजनाको मुत्युभयो ।

यो घटना हो धनुषा जटही नाकाको हो जहाँ शहीद नगरपालिका ९ निवासी ३० वर्षीय युवक विरेन्द्र गुरमैता यादवको नेपाल प्रवेश गर्नखोज्दा खोज्दै र प्रशासनले रोक्दारोक्दै भारतीय भूमिमानै मृत्यु भयो । चार महिनाअघि रोजगारीको सिलसिलामा भारतीय सहर गुजरात पुगेका उनी बन्दाबन्दीले काम पाउन नसक्ने भएपछि १७ दिनअगाडि गुजरातबाट नेपालका लागि हिँडेर १३ गते साँझ जटही नाकामा आइपुगेका थिए । जिल्लामा क्वारेन्टाइन व्यवस्थापन भइरहेको भन्दै प्रहरीले नाकामा उनी सहित जम्मा भएकाहरूलाई दुई दिनदेखि वारि आउन दिएको थिएन ।

खान नपाएर पनि हेला बाटोमै बिरामी परेका गुरमैताले जटही आइपुगेपछि परिवारजनलाई खबर गरेका थिए । परिवारका सदस्यहरूले राति नै एम्बुलेन्स लिएर पुगे तर प्रहरीले पारि जान दिएन । रातभर संघर्ष गरे पनि दाजुलाई भेट्न नपाएको र बिहान मृत्यु भएपछि सेनाले विधि प्रक्रियाअनुसार शव ल्याउने कुरा गरिरहेको मृतकका भाइको भनाइ रह्यो । गुरमैताको मृत्युपछि सीमामा दुई दिनदेखि थुनिएका अन्य युवाहरू नेपाल सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रहरीलाई ताकेर ढुंगामुढासमेत गरेका थिए ।

दुई : एउटा गौरीफाण्टा नाकाबाटमात्र ६ हजार भन्दा बढीको सख्या नेपाल प्रवेश गर्‍यो । यता तिनकोपरीक्षण हुनपाएन किट नभएर नियमित परीक्षणका लागि पनि किटको अभावबाट हप्तादिनदेखि परीक्षण रोकिएको जानकारी यो दिनपनि गराइयो ।

प्रधानमन्त्रीले सम्वोधन गरको भोलीपल्ट, १३ गतेको एउटा समाचार –सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् । २ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नामाबाट भित्रिएका छन् । कैलालीको गौरिफन्टा नाकाबाट मात्रै १९ हजार ४ सय ८३ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतकाअनुसार मंगलबार (१३ गते) एकैदिन यो नाकाबाट ५०१३ जना नेपाल भित्रिएका हुन् ।

कञ्चनपुरको गड्डाचौकी र दोधरा चादँनीबाट ५ हजार ९७० भित्रिएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए । यी नाकाबाट २६ हजारबढी नेपाल प्रवेश गरेपनि अधिकांशको स्वास्थ्य परीक्षण भएको छैन । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आडीटी किटको अभावले भारतबाट आउने अधिकांशको स्वास्थ्य परीक्षण हुन नसकेको स्वीकार गरे । ‘सुरुका केहि दिनमा सीमा क्षेत्रमै आरडीटी परीक्षण गरिएको थियो । अहिले किट नहुँदा सीमामै परीक्षण भएको छैन’ उनले भने ।

तीन : यता प्रधानमन्त्रीले सम्वोधन गरेको भोलिपल्ट संक्रमितको सख्या ७७२ पुग्यो । जिल्ला ४६ वटाभए । सम्वोधनको तेस्रो दिन त अहिलेसम्मकै धेरै संक्रमित थपिए । १ सय १४ जना थपिदा नेपालमा कोरोना संक्रमितको ८ सय ८६ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा एकै दिनमा सयभन्दा बढी संक्रमित थपिएको जनाएको हो । यो विस्तार देशैभररी भएको अवस्था छ । जस्तो स्वास्थ्य मन्त्रालयका अनुसार थपिएको यो सख्यासप्तरीका ११ झापाका १५, एक जना हेटौंडाबासी र रौतहट गढीमाईका ८ बाग्लुङका ६ रूकुम पूर्वका ३ दाङ्गघोराही र लमहीका १५ बाँकेका १६ सिराहाका १ जना,सप्तरीेका १ जना, बाराका ७ जना, रौतहट रौतहटका २९ जना रहेका ।
यो लकडाउनको ६५ औ दिनको पनि कुरा हो ।

पहिले गाली अहिले प्रशंसा

प्रधानमन्त्रीले यो पछिल्लो सम्वोधनको लामो अश पहिले आफैले गाली गरेकाहरुको प्रशंसामा खर्चिइयो । यसले पहिले गाली गर्ने र पछि प्रशंसा गर्ने अर्थात गाली गर्ने र फकाउनेमा मात्र समय वितेको देखिन्छ । जस्तो – अहिले :

‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजना’ सहितको आदेश तत्काल जारी गरिने छ । विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आप्mना देशबासीहरूलाई सरकारले समयमै उद्धार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ । सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।

विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरूप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो । तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षणविना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनुभएको छ ।

परीक्षणको अभावमा महामारी तीव्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ । स्वदेश भित्रिइसक्नु भएका दाजुभाइ दिदीबहिनीहरूले छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन र अन्य नियमहरूको पालना गर्न जरुरी छ । यस काममा उहाँहरूलाई आवश्यक सहयोग पु(याउने थप दायित्व स्थानीय तहको काँधमा आइपरेको छ । यस्तै अवस्थामा जनस्तरमा पारस्परिक सहयोगको आवश्यकता हुन्छ । जनताबीचको आपसी सहयोग र सजगतामा मात्रै कोरोनाजस्तो महामारीको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।

हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन । कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरूको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरूलाई आग्रह गर्दछु । (१३ जेठको सम्वोधन)

पहिले :

एक : ‘उनीहरु (स्वदेश आउन पाउनुपर्छ । तर देशभक्ति उम्लिने कतिबेला ? हामी उहाँहरुलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौँ । के संक्रमितलाई धमाधम ल्याएर गाउँगाउँ पठाएर अरु मान्छे सोत्तर बनाउनुपर्छ भन्ने हो ? हामीले सीमामा अलपत्र परेकालाई इच्छाअनुसार होटलमा वा क्वारेन्टाइन राख्न भनेका छौँ । केही मानिस होटलमा नबस्ने, क्वारेन्टाइनमा नजाने अनि दशगजामा सुत्ने गरेको पनि पाइयो ।’ )

दुई : सांसदहरुले घरफर्कन खोजिरहेका विदेशमा रहेकाहरुकाबारे सरकारले के गर्दैछ भन्नेप्रश्नको उत्तर दिँदै – ‘विदेशमा करिब ४५ लाख मानिस छन् । यो कतारले, अष्ट्रेलियाले १०० मान्छे लगेजस्तो हैन । ४५ लाख मान्छे भित्राउन कति जहाज चाहिएला ? कति महिना लाग्ला ? कुन जनशक्तिले क्वारेन्टाइन बनाउने ? कोरोना मात्रै भित्राउने ? देशै सोत्तर पार्ने ?’

–(बैशाख ६ को अन्तार्वार्ता र जेठ ६ को संसादमा सम्वोधनबाट)

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार ०८:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।