सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएपछि खतरा बढेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक पुगेको छ । यो यस वर्षकै उच्च मापन हो ।
बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । त्यस्तै पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ ।
पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको वहाब बढ्ने गर्छ । बहाब ३ लाख क्युसेक कटेपछि खतराको संकेत स्वरुप पुर्व, पश्चिम र मध्य भागमा गरि ३ वटा रातो बत्ती बालिएको छ।




















प्रतिक्रिया