कहाँबाट सुरु गरौ म मेरो बर्बादि (प्रेम) काहानी ? तिन महिना अगाडि म उनिसग प्रेममा थिय तर अहिले ब्रेकप भैसक्यो हामि जम्मा छ महिना मात्रै रिलेसनमा रह्यो म उनिको तुलनामा खास सिनियर पनि होइन आनि नराम्रो नि थिय्ँ तैपनि उनले नै मलाई प्रेम प्रस्ताव गरिन म पनि छक्क परेँ । म उनिलाई सामान्य चिन्थे तर मैले सोचेको पनि थिइन कि यस्तो प्रस्ताब आउँछ भनेर म एति खुसि भए कि संसारकै सुन्दर मान्छे पाए जस्तो लाग्न थाल्यो । उनले नै प्रायजसो फोन गर्ने म्यासेज गर्ने गर्न थालिन्।
उनले नै पहिलो चोटि भेट्न बोलाइन र सारा सपनामा देखेको जिबनमा अहिलेसम्म भोगेको कुरा नालिबेली सुनाइन अनि अन्तिममा धोका पनि उनले नै दिएर गइन् । बस, म त आफ्नो बर्बादि हेरेर बसिरहे…
उनि नै मेरो पहिलो साँचो प्रेमिका थिइन्। कसैले जिबनमा पहिलो पटक मलाइ माया गर्छ भन्ने भान दिलायकाले म उनलाइ निक्कै इज्जत गर्थे । उनिप्रति मलाइ सम्मान थियो मुटु भरिको माया दिएको थिए . तर मलाइ अत्यन्तै पिडा हुन थाल्यो र्रोए कराए सुन्ने कोहि थिएन अब के गर्ने म पागल हुन्छु कि भन्ने भान श्रीजना हुन थल्यो अब म कुन आबस्थामा पुग्छु कुनै थाहा छैन् मैले कसैले नगर्ने, गर्न नसक्ने माया प्रेम दिएको थिए । अझै पनि उनलाई माया गरिरहन्छु ।
सायद भबिष्यमा पनि गरिरहनेछु । किनभने त्यो भाब उत्पन गर्ने उनि नै थिइन् र यो भाग उनैलाई समर्पण गर्न चाहान्छु, जिन्दगी त एस्तो पो हो ! भन्ने मनमा लाग्न थालेको थियो त्यो सब दिलाउने नि उनि नै थिइन् ।
खै र, म उनको मायामा चियामा चोबलियको बिस्कुट जस्तै चुर्लुम डुबिसकेको थिय । अरु त के कुरा गर्नु र ? यतिसम्म कि म उनिसग फोनमा बोल्दा दिसा पिसाब आयको नि थाहा हुन्न थियो ।
सम्बन्ध राम्रै चलिरहेको थियो तर अचानक एक दिन उनले अबदेखि म तिमिसंग रिलेसनमा बस्दिन तिम्लाइ छोडनु मेरो बाध्यता हो यस्तै यस्तै भनेर म्यासेज पठाइन् । म्यासेज हेर्ने बितिकै मेरो हात खुटा काम्न थाल्यो म त नुन खाको कुखुरा जस्तै भए । यति धेरै माया गर्ने मान्छेले एक्कासी त्यस्तो भन्दा कसको पो मुटु नकाम्ला र ? छोडेर नै जानु थियो त मलाई किन प्रेम प्रस्ताब गरेको होला भन्ने लागिरह्यो । मैले सोधें पनि जबाफमा उनले भनिन् यसको जबाफ भोलि बिहान दिन्छु ।
पछि थाहा भयो उसको घरायसी प्रोबलम रहेछ तर मायामा धन सम्पति, जात, रुप, स्वास्थ्य केहि हेरिदैन भनेर सिकाउने उनी नै थिईन् । उनलाइ फेरि मेरो जिबनमा ल्याउन धेरै प्रयास गरे उनिसंग कति मायाको भिख मागे म्यासेज गरे कल गरें ।
आज आयर थाहा भयो (प्रेम बरदान होइन, बर्बादि पो रहेछ) प्रेम दुई आत्माको संगम भन्थे तर आज भुझदै छु प्रेम, दुइ आत्माको स्ंगम होइन, सेनटर फ्रुट चुइगम चैँ रहेछ । चबायो अनि रस सकियपछि फ्याकिदियो । हिजो आज केहि पनि काम गर्न मन लागदैन, मनले गाउबाट टाढा जान मन्छ त्यो पनि कहिलै नफिर्किने गरि ।
अझैसम्म मलाई उनको याद आउँछ जब उनको याद आउँछ भात खानै मन लागदैन, तर खै किन हो साथिहरुले हिजो आज त मोटाइछस भन्छन् । ब्रेकप भएको नि छ महिना भैसक्यो तर पनि मैले (मुभाअन) गर्न सकिराको छैन, र अरु कुनै केटि साथि बनाउने नि मेरो आँट छैन, आँट नि गर्दिन होला सायद । यो लेख तिम्ले हेर्दै छेउ भने फेरि पनि भन्छु कि आउ म तिमलाई धेरै माया गर्छु ।
भगवानले मलाई ब्रेकअपको पिडा सहने सक्ने शक्ति प्रदान गरुन् अनि म कसरि (मुभअन) हुने भनेर धोका पाएका महान् दुखि… आत्माहरुले सिकाइदिनु पर्यो हेल्प मि, प्रेम प्रस्ताव यो हो जसलाई बिवाहको मण्डप सम्म पुर्याउन सकियोस् आज भोलिको प्रेम प्रस्ताव त नौ दिनमा नौलो बिस दिनमा बिर्सने खालको हुनु भएन त्यो त केबल मिठो भ्रम र स्वार्थको खेति हो ्र त्येसैले म सोच्दै समय भन्दा अघि भाग्यभन्दा बढि जति नै गरे पनि केहि लाग्दो रहेनछ प्रेममा पनि…!
















प्रतिक्रिया