विरामीलाई मृत्यु सैयामा पुर्याउने अस्पतालको रुपमा परिचय बनाएको ग्रिनसिटी अस्पतालको एक पछि अर्काे हर्कत बाहिरिदै गएको छ । उक्त अस्पतालका सञ्चालक लोक बहादुर टन्डन यति सम्म चलाखी गर्छन् कि सस्तोमा उपचार हुने हरेक अस्पतालका एम्बुलेन्स चालकसँग उनको सम्पर्क रहेको छ । विशेष गरि सरकारी अस्पतालमा आउने विरामीहरुलाई आफ्नो कमाउने हतियारको रुपमा प्रयोग गर्ने टन्डनलाई नसोधि एम्बुलेन्स चालकहरुले विरामी नबोक्ने गरेको रहस्य खुलेको छ ।
एम्बुलेन्स चालकहरुले अलि हुने खाने परिवारका विरामी भए ग्रिन सिटीमा लग्ने गरेका छन् । यस वापत टन्डनले चालकलाई मोटो रकम कमिसन दिने गरेका छन् । अझ अर्काे रहस्य के पनि खुलेको छ भने, काठमाडौं नजिकका छिमेकी जिल्लाहरुमा एम्बुलेन्स खरिद गरेर विचौलियाका रुपमा चालकहरु राखेका छन् ।
छिमेकी जिल्लाहरुमा विरामी भेट्नासाथ टन्डनका एजेन्टका रुपमा रहेका चालकहरुले सुधैं ग्रिनसिटीमा ल्याउने गरेका छन् । एक प्रकारले भन्ने हो भने, ती जिल्लाहरुमा विरामी ल्यााउनका लागि ग्रिनसिटी अस्पतालले सिन्डिकेट नै लादेको छ भन्दा पनि फरक पर्देन् ।
देव लामा प्रशंग
हुन त ग्रिनसिटी अस्पताल बदमासीको फेहरिस्त धेरै लामो छ । त्यसबारेमा पछि चर्चा गरौला । तर पत्रकार एवम् कलाकार देव लामाका सम्बन्धमा सम्पूर्ण जाहेजेथा सिध्याएर उनको परिवार सडकमा पुग्ने अवस्था आउँदा पनि टन्डनले झुट बोल्न छोडेनन् ।
पीडित परिवारलाई मात्र होइन,यस बारेमा समाचार लेख्ने सञ्चार माध्यमलाई पनि उनले धम्की दिने गरेका छन् । लामा परिवारले ४२ लाख खर्च गरेको दाबी गरिरहेको अवस्थामा टन्डनले सिधैं अस्विकार गर्ने गरेका छन् । अनलाइनपाना डटकमलाई प्राप्त प्रमाणहरु अध्यायन गर्दा पनि लामा परिवार पीडित बनेको स्पष्ट देख्न सकिन्छ ।
को हुन् टन्डन ?
सुरु देखि नै विवादित व्यवसायिक पृष्ठभूमी बनाएका लोक बहादुर टन्डन जनताको अरर्वाै रकम ठगि प्रकरणमा मुछिएको नेटवर्क कम्पनी युनिटी लाइफका लिडर समेत हुन् । युनिटीलाई सरकारले हस्तक्षेप गरेपछि उनी लामो समय फरार रहे । प्रहरीले खोज्न थालेपछि कहिले नेपाल र कहिले भारत भौतारिएका टन्डनलाई प्रहरीले पक्राउ गरेको थियो । माथिल्लो निकायमा सेटिङ गर्न माहिर टन्डन एक करोड ५० लाख धरौटीमा रिहा भए ।
जनतालाई सपना बाँडेर उठाएको त्यो रकमबाट उनी छुट्न त छुटे सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेपछि पुनःपक्राउ परे । त्यसपछि पनि उनी सेटिङ मिलाएर छुटे। उनले सञ्चालन गरेको ग्रिनसिटी अस्पताल हरेक समय विवादमा आइरन्छ । तर पनि जनतालाई लुटुन र मार्न छोडेको छैृन् । यस सँग सम्बन्धित अन्य घटनाहरुको भित्रि गहिराई सम्म पुग्ने तयारीमा अनलाइनपाना रहेको छ ।
याे पढ्नुहाेस्
ग्रिनसिटी ठगि प्रकरण- बिरामीलाई बिल नदिई मोटो रकम अशुलेको खुलासा





















प्रतिक्रिया