विरामीहरुको भर पर्दाे उपचार गर्नुकाे साटाे पैसा कमाउने दोकानको रुपमा चिनिएको ग्रिनसिटी अस्पताल प्रति विरामीहरु आजित बनेका छन् । एम्बुलेन्स चालकलाई कमिसन र सेटिङ गर्दै बीचबाटोबाटै विरामीहरुलाई अपहरण शैलीमा अस्पताल पुर्याउने गरेको ग्रिनसिटी अस्पताल निकै विवादमा परेको छ ।
लोक बहादुर टन्डनले सञ्चालन गरेको उक्त अस्पतालका विषयमा पत्रकार एवम् कलाकार देव लामाका सम्बन्धमा सम्पूर्ण जायजेथा सिध्याएर विरामी ठिक नभएपछि एक पछि अर्काे रहस्य बाहिरीएको हो । विरामी र विरामीका आफन्तहरुलाई मानसिक टर्चर दिदैं पैसा अशुल्ने उक्त अस्पतालका विषयमा मेडिकल काउन्सीलमा समेत उजूरी परेको छ भने काउन्सिलले गलत अप्रेशन गरेकाे पाइएमा डा.काे लाइसेन्स खारेज गर्ने सम्मकाे अधिकार रहेकाे बताइसकेकाे छ ।
मेडिकल काउन्सिलको छानीविन प्रक्रियामा रहेको उक्त अस्पतालका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत कार्वाही गर्नु पर्ने जिकिर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले अनलाइनपाना डटकमसँग भने, स्वास्थ्य मन्त्रालयले सिधैं कार्वार्ही गर्दैन । मेडिकल काउन्सीलमा उजूरी परेको छ भने स्वास्थ्य मन्त्रालयको सहयोग मागेमा मन्त्रालय कार्वार्हीकाे लागि जस्ताे सुकै सहयाेग गर्न पनि तयार छ ।
पनि हेर्नुहाेस
ग्रिनसिटी अस्पतालको चरम ठगीको अर्को पर्दाफास, मानव मृत्युको कारखानामा किन जाने ? (भिडियो सहित)





















प्रतिक्रिया