Logo

राजनीति

३६ लाई ६३ बनाउन खोज्दा सरकारको यस्तो हालत भयो: गायक खरेल



यतिबेला जताजतै संसद विघटनको बारेमा चर्को चर्चा चलिरहेको छ । सडकपेटी, बजारका चोकचोक, चियापसल देखी भट्टीपसल साथै सामाजिक सञ्जालहरुमा यसको बारेमा सकारात्मक र नकारत्मक टिप्पणी भैरहेका छन् ।

सर्बसाधारण जनतादेखि कलाकार सबैले आफ्नो आफ्नो तर्क सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा राख्दै आएका छन् । यसैबीच गायक प्रमोद खरेलले पनि ट्वीटर मार्फत जनतालाई नेताहरुले दुख दिएको बताएका छन् । उनले भनेका छन् ३६ लाई ६३ बनाउन खोजेर कहाँ हुन्छ त भन्दै प्रश्न गरेका छन् । उनले गणतन्त्रमा पनि जनता दास भैराख्ने र आफ्नाले जे गरेपनि जय जय भनिराख्ने होभने यस्ता खालका तहस–नहस सहिरहनुको विकल्प नभएको उल्लेख गरेका छन् ।

खरेलले गणितीय हिसाबले इतिहासकै शक्तिशाली सरकार र यथार्थमै कमजोर प्रतिपक्ष हुदा पनि यो हालत भएको तर्क राखेका छन् । Capture.JPG 

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १४:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।