Logo

विचार / ब्लग

चिसो लागेको छ ? हेर्नुहोस चिसोबाट जोगिने उपायहरु …



सुजता अम्गाई

हामी सबैलाई फुर्तिलो र स्वस्थ रहन मन पर्छ, आफु सून्दर हुनु के के गर्नुपर्छ ? यो सबैको चासोको बिषय हो ।  चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिसोबाट ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्छ । जाडोमा खासगरी हातखुट्टा, अनुहार  छाला फुट्ने, फुस्रो हुने हुन्छ यसबाट बच्न कोल्ड क्रिमको  प्रयोग गर्न सकिन्छ । जाडो महिनामा चिसोबाट बच्न दैनिक क्रियाकलापमा सचेत रहन जरुरी छ । 

जाड़ो याममा खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्छ, जस्तै गेडागुडी झोलपदार्थ खानेकुराका साथै हरियोसागतपात, तातोपानी,पोषिलो खाना खानु पर्छ । चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ । यस्तै सुप, दाल, खिचडी र रेसादार साग-सब्जी पर्याप्तमात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ । जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यद्यपी चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ । घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ, यतिमात्र नभई बिहानको घाममा तेल लगाई मालिस गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ । घाममा बस्दा जाडोबाट सुरक्षित हुनुका साथै भिटामिन डी पाइन्छ । जाडो याममा शरीर अल्छी हुने भएकाले घाम ताप्नाले शरीरमा स्फूर्ति आउँछ । भिटामिन डिको कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहन्छ ।  

जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी पनि हुन्छ । श्वासप्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ । शीतलहर, कुहिरो र चिसो हावामा रोगले छिटो आक्रमण गर्ने हुदा आफु धरै सजग हुनुपर्छ । चिसो मौसममा होशियारीपूर्वक जीवनशैली व्यवस्थापन गर्न सके धेरै रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ । जाडो मौसममा ऊनीका बाक्ला ज्याकेट लगाउनु राम्रो हुन्छ । सवारी साधनमा हिँड्दा अथवा गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ । यसले शरीरभित्र चिसो पस्नबाट जोगाउँछ ।

चिसो मौसमबाट आफुलाई कसरी जोगाउने यस्ता छन् कारण : 

चिसोबाट बच्ने उपाय

१. ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने

२. बाक्ला लुगाहरू लगाउने

३. घाम ताप्ने

४. खानपान र रहनसहनमा विशेष ध्यान दिने

५. तुलसी, अदुवा, महको नियमित सेवन गर्ने

६. मौसम अनुसारको फलफुल खाने 

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।