अन्तरराष्ट्रिय बजारमा तेलको भाउ स्वाट्टै झर्दा पनि मूल्य नघटाउने नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
भारतीय नाकाबन्दीका बेला तेलको तस्करीबाट प्राप्त कालोधनमा रमाइरहेको वर्तमान सत्ताधारी दल (ने.क.पा.) र उसको शीर्ष नेतृत्वको दबाबका कारण स्वचालित मूल्य समायोजनलाइ बहाना बनाएर तेलको भाउ बढाइएको निगम स्रोतले दाबी गरेको छ ।
नाकाबन्दीका बेला प्रधानमन्त्री रहेका के.पी. ओलीले राष्ट्रवादको नक्कली पाइजामा भिरेर कालाबजारी र तस्करीलाइ प्रश्रय दिएका थिए । १ लिटर तेलको भाउ १५ सय रूपैयाँसम्म तिरेर नेपालीले सवारीसाधनमा यात्रा गर्नुपर्ने बाध्यकारी अवस्था सृजना गरेको ओली सरकारले फेरि जनताको ढाड सेक्नेगरि तेलको भाउ बढाएको हो ।
आयल निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको भाउ ९७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको निगमले दाबी गरेको छ । तर यसअघि तेलको भाउ घट्दा किन नेपालमा नघटाएको भन्ने प्रश्नको जवाफ निगमले दिएको छैन ।
निगमलाइ ओली सरकारले कार्यकर्ता भर्तीकेन्द्रका रूपमा स्थापित गरेको छ । ओली क्याबिनेटका मन्त्री मातृका यादवसहित दर्जनाैं मन्त्रीका नातेदार र आसेपासेले अहिले निगममा भर्ती भइ रकम बुझिरहेका छन् ।
प्रतिक्रिया