नेपाली युवा खेलाडी सन्दिप लामिछानेले ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेका छटन् । स्पिनर सन्दीप आईतबारको खेलमा ३ विकेट लिन सफल भएका हुन् ।
सन्दीपको उत्कृष्ट बलिङसँगै मेलबर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै मेलबर्न स्टार्स सेमिफाइनलमा पुगेको हो ।
आज भएको खेलमा सन्दीपले ३.४ ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका हुन् । उनले पहिलो, तेस्रो र चौथो ओभरमा विकेट लिएका थिए ।
प्रतिक्रिया