Logo

प्रमुख समाचार

घोराहीमा कम्युनिस्टहरूको पत्तासाफ, कांग्रेसको सानदार जित



दाङ जिल्लाको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई हराउँदै नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूहले क्वीन स्वीप गरेको छ ।

आइतबार बिहान सम्पन्न मत परिणामअनुसार नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूह अत्याधिक मतसहित विजयी भएको हो । प्रजातान्त्रिक समूहबाट देवीबहादुर डिसीको समूह निर्वाचनमा उत्रिएको थियो ।डिसीको समूहले नेकपा निकटको प्रगतिशील समूहलाई हराएसँगै दाङमा कम्युनिस्टहरू ओरालो लाग्न थालेको चर्चा हुन थालेको छ ।

?उश्रप्रगतिशील समूहबाट अध्यक्षमा गणेशप्रसाद श्रेष्ठको नेतृत्वमा उम्मेदवार बनेका थिए । प्रगतिशीलका श्रेष्ठले प्रजातान्त्रिक समूहका डिसीको मतभन्दा आधा पनि कटाउन सकेनन् ।प्रजातान्त्रिक समूहबाट अध्यक्षमा उम्मेदवार बनेका डिसीले १९९६ मतसहित विजयी भएका छन् । प्रगतिशील समूहका श्रेष्ठले जम्मा ९७६ मत पाएका थिए ।

प्रजातान्त्रिक समूहबाट उपाध्यक्षमा भरतमणि पाण्डे, सचिवमा सुजन पाण्डे, ध्रुब केसी कोषाध्यक्ष, सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन् ।

प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन पराजित भएका छन् ।

प्रगतिशील समूहलाई विजयी गराउन सभामुख कृष्णबहादुर महरा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ठूलो प्रयास गरेका थिए । उनीहरूले प्रगतिशील समूहलाई जिताउन प्रयास गरे पनि प्रजातान्त्रिक समूहले कम्युनिस्टहरूलाई घोराही खानेपानीमा नराम्रोसँग पराजित गरिदिएका छन् ।

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  ११ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।