Logo

प्रमुख समाचार

प्रचण्डलाई ओलीको प्रहार : देशमा द्वन्द्व उद्योग मच्चाउन खोजियो



काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले फेरी प्रचण्डलाई प्रहार गरेका छन् । केहि समय यता नेकपा अध्यक्ष ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई प्रहार गर्दै देशमा फेरि द्वन्द्व उद्योग मच्चाउन खोजेको आरोप लगाएका हुन् ।

प्रधानमन्नत्री ओली घुमाउरो पारामा प्रचण्यडलाई प्रहार गर्दै नेपालमा हुन लागेको लगानी सम्मेलन भाँड्ने नियतका साथ संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् परियोजनाको कार्यालयमा आक्रमण भएको दाबी समेत गरेका छन् ।

सोमबार गृहमन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘केही दिनअघि मात्रै अरुण तेस्रो जलविद्युत् परियोजनाको कार्यालय र निर्माणमा प्रयो गरिएका मेसिनमा आक्रमण भएको छ, त्यहाँ एउटा आयोजनाको मेसिन र कार्यालय तोडफोड गरिएको मात्रै होइन, नेपालको विकासलाई रोक्ने खेल पनि भएको हो ।’

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ९ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।