Logo

अर्थ

विकासमा झुण्ड झुुण्ड रणनीति : अर्थमन्त्री खतिवडा



अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार विकासमा एकीकृत योजना बनाएर सरकारले लाग्न जरुरी रहेका बताएका छन् । मंगलबार व्यवस्थापन संघको सम्मेलन उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले अब विकाको लागि विकासमा झुण्ड झुुण्ड रणनीति नभई शसक्त अभियान नै बनाएर एकिकृत योजना अनुसार अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा खतिवडाले भने्, ‘अब झुण्डझुण्ड रणनीतिले विकास हुन्न’
विकासमा अब झुण्ड झुुण्ड रणनीति होइन, एकीकृत योजना बनाउनुपर्छ ।’

अर्थमन्त्री खतिवडताले सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउन त्यसमा पनि एकीकृत यातायात आवश्यक भएको बताएका छन् । उनले भने्, ‘सडक, रेल, पानी जहाजदेखि यातायातका साधनस्रोत सबैमा एकीकृत योजना बनाउनुपर्छ।’ उनले भने्,, ‘संरचनालाई लागत प्रभावी, वातावरणमैत्री, पूर्ण क्षमतामा उपभोग गर्न सकिने र मर्मतसंभार तथा संञ्चालनको खर्च व्यवस्थापन लगायत विषयलाई एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।’

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ९ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।