Logo

खेलकुद

डीपीएलमा रुपन्देही च्यालेञ्जर्सको दोस्रो जित, ५ विकेटले विराटनगर किंग्स पराजित



धनगढी । सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानीमा भईरहेका धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेञ्जर्सले लगातार दोस्रो जित निकान्ल्न सफल भएको छ । मंगलबार भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले हराउदै जित हात पारेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको आजको खेलमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै ९२ रन बनाएका थियो । खराब सुरुवात गरेको विराटनगरले चार रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि २८ रन बनाउँदा उसको तीन विकेट गएको थियो । हरिशंकर शाहले खाता खोल्न सकेनन् भने आसिफ शेखले आठ तथा असादुल्लाह खानले १६ रन बनाए ।

त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले ५७ रन बनाउँदा ६ विकेट गएको थियो । जसमा पृथु बास्कोटा चार, सुवास ऐर नौ तथा सम्शद शेख १० रनमा आउट भए । लगतै अविनाश बोहोरा पनि आउट भएपछि उसले ७७ रनमा आठ विकेट खेर फाल्यो । उसकालागि कुशल भुर्तेलले १२ रन बनाउँदा अन्य खेलाडीले राम्रो खेल्न सकनेन् ।

बलिङमा रुपन्देहीका पुनित महेराले तीन तथा ललित भण्डारी र बसन्त रेग्मीले दुई–दुई विकेट लिए ।

जवाफमा रुपन्देहीले १३ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । सुरुवात राम्रो गर्न नसकेको रुपन्देहीको जितमा पुनित मेहराले उत्कृष्ट ब्याटिङ गरे । उनले २७ बलमा ४६ रन बनाए । एक रनमा पहिलो विकेट गुमाएको रुपन्देहीले १९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो । त्यसपछि बाबर हायात र मेहराले चौथो विकेटका लागि ३९ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । जसमा हायातले १९ रन बनाए ।

बलिङतर्फ रुपन्देहीका अविनाश यादवले दुई विकेट लिए ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ११ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।