Logo

प्रमुख समाचार

माधव नेपालले दिए ओली–प्रचण्डलाई दुर्घटना घट्ने चेतावनी



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टि अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाई चेतावननी दिएका छन् । माधवले उनीहरुलाई आफ्नो मनपरि चलाएर काम गर्ने दिन गए अब मनपरि चलाउन खोजेको भन्दै चेतावनी दिएका हुन् ।

नेता नेपालले अओ र प्रचण्डले पार्टिलाई मनपरि ढंगले चलाउदा दुर्घटना हुन सक्ने चेतावनी दिएका हुन् । उननले भने व्यक्तिले म सर्वेसर्वा हुँ ठान्नु गलत भएकाले पार्टिका सबै नेता र कार्यकर्ताहरुलाई समेत ध्यानमा राख्नु पर्ने बताएका छन् । उनले जानेको छैन भने पार्टी प्रणाली सिक्न आग्रह गरे ।

बुधबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा नेता नेपालले जनयुद्ध दिवस मनाउने निर्णय आफूलाई थाहा नभएको बताए । उनले भने, ‘कुनै पनि कार्यक्रम तय गर्दा कमिटीको बैठकबाट निर्णय गर्नुपर्छ । यो मलाई थाहा छैन ।’

निजी निर्णय गर्ने शैलीमा गम्भीर आपत्ति रहेको भन्दै उनले भने, ‘यो व्यक्तिले म सर्वेसर्वा हुँ ठान्ने, चाहे एक अध्यक्ष होस्, चाहे दुई अध्यक्ष होस् । यो तरिका गलत हो ।’

जति सुकै राम्रो काम गर्न पनि विधि प्रक्रिया पालाना गर्नुपर्ने नेता नेपालको जोड छ । उनले भने, अध्यक्षहरुले (पार्टी प्रणाली) जानेका छैनन् भने जान्नुपर्‍यो । हामीलाई अनुभव छ, लिनुपर्‍यो ।’

कुनै पनि आन्दोलनमा शहीद भएका व्यक्तिहरुप्रति सम्मान राख्नुपर्ने तर, पार्टीले कार्याक्रम आयोजना गर्ने हो भने विधि प्रक्रिया पालना गर्नुपर्ने नेता नेपालले बताएका छन् ।

नेकपाले बुधबार जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको सम्मानमा देशभर कार्यक्रम गरेको थियो । पार्टी कार्यालय धुम्बाराहीमा पनि कार्यक्रम भएको थियो तर, कार्यव्यस्तता देखाएर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहे ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ५ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।