Logo

राजनीति

केपी सरकार ढाल्ने आन्तरिक षड्यन्त्र



नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष केपी शर्मा ओली ननेतृत्वको सरकारलाई ढाल्नको लागि आन्तरिक ग्राण्ड डिजाईन तयार पारिएको छ । तत्कालिन एमाले माओबादि एकता पश्चात दुईतिहाई सहितको सरकारले अहिले काम गरिरहेको छ ।

नेकपाले चुनावताका स्थिर सरकार र सम्बृद्दिको नारा दिएर पार्टी एकताको घोषणा गरेर नेकपा बनाएका थिए । जनताले पनि सोहि अनुसार नेकपालाई दुई तिहाई सहित सरकारमा पठाए । तर, अहिले सरकारको नेतृत्व गरिँरहदा भने नेकपामा तिक्तता आएको छ ।

जनतालाई झुक्याएर भोटकै लागि गरिएको एकता अहिले नौटङ्की साबित भएको छ । आफुहरु जनताको नजर चोखो देखिन नेकपा नेताहरु विभिन्न बाहाना गर्दै आएका भएपनि यसको आान्तरिक कुराहरु भने अहिले बाहिर आएको छ ।

भेनेजुएला काण्डले नेकपामा तिक्तता ल्याएको देखाईएपनि प्रचण्डको पुरानै बानिले गर्दा उनी प्रतिपक्षसंग मिलेर नेकपा फुटाउने दुस्साहस नगर्लान भन्न सकिदैन् । पक्कै पनि उनले यो दुस्साहस गर्न सक्छन् । फेरी तत्कालिन एमाले शिर्ष नेताहरुले पनि उनलाई यसका लागि बाटो खोलिदिएका छन् ।

फागुन १ गते बुधबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवस मनाईरहँदा तत्कालिनन एमाले निकटका नेताहरुको पस्थिती देखिएन । उनीहरु यो वा त्यो विभिन्न बाहाना देखाएर पन्छिए ।

उता, पेरिस डाँडामा ताल्चा झुण्ड्यार दाहालले धुम्बारहिमा जनयुद्ध दिवस मनाईरहँदा तत्कालिन माओबादि नेताहरु भने प्रचण्डदेखि रुष्ट देखिए । हिजो जनयुद्द दिबश मनाउने क्रममा नेकपा भित्र गम्भिर सैद्दान्तिक मतभिन्नताले स्पष्ट रुपमा एकता टुंगिने देखाउछ ।

जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय धुम्बाराहीमा भएको कार्यक्रममा दुई अध्यक्ष मध्येका एक प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको अनुपस्थितीमा तत्कालीन नेकपा एमालेका केही नेताहरुलाई राखेर गरिएको जनयुद्ध दिवसको कार्यक्रम पार्टीको निर्णय बमोजिम भएको भनेर प्रचण्डले दाबी गर्दै जनयुद्द दिबषलाई फिका बनाउन प्रधानमन्त्री ओलिले प्रधानमन्त्री रोजगार कार्यक्रम सार्बजनिक गरेको आरोप लगाएका छन ।

तत्कालिन एमाले बारीष्ट नेता माधब कुमार नेपाल र अन्य थुप्रै नेताहरुले भने जनयुद्ध दिवसको कार्यक्रम पार्टीको निर्णय अनुसार नभएको र त्यो पार्टिको कार्यक्रम नभएको टिप्पणी गरेका छन ।

जनकपुरधामको वलवा टोलस्थित कविर अनाथ बालबात्सल्य आश्रमका अनाथ बालबालिकाको अवस्था बुझ्न गएका नेपालले भने ‘जनयुद्ध मनाउने निर्णय प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन। पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौं।’

जनयुद्द दिबशलाई लिएर सामाजिक सञ्जालहरुमा नेकपा नेकपा नेता कार्यकर्ता हरुको जुवारी नै चलेको देखिएको छ । केहि समय अघी देखी नै बाझाबाझ गरी रहेका नेताहरु फाल्गुन १ गतेको जना युद्द दिबशबाट अलग अलग परिभाषा र अलग अलग कार्यक्रम सहित पुरानै अवस्थामा फर्केका छन ।

यसलाई पार्टी फुट्ने प्रकृया नै शुरु भएको रुपमा बुझ्नु पर्ने राजनितिक जानकारहरुले बताएका छन ।

प्रचन्डको बिगत देखिकै अस्थिर चरित्र लाई हेरे पनि अब दुइ पार्टी पुरानै अवस्थामा फर्किने कुरा बुझ्न गाह्रो नभएको उनिहरुको भनाइ छ ।यसले बर्तमान सरकारको निरन्तरतामा नै प्रश्न उठाउने र नेपालको राजनितिमानै ठुलो अस्थिरता ल्याउने सम्भाबना रहेको उनिहरुले बताएका छन ।

संका—उपसंका
बहिरी रुपमा मिलेको देखिने नेकपा एकता एक अर्काबीचको संका उपसंकाकै कारण एकता हुन सकेको छैन् । उतातिर तत्कालिन माआबादिले एमाले निकट नेताहरुले आाफुलााई स्विकारर्दैनन् की भन्ने संका रहेको छ भने यता अर्कोतिर एमालाई दुईजिब्रे प्रचण्डको बोली फेरिन्छकी भन्ने संका छ । जसका कारण यति लामो समय विति सक्दापनि एकताको टुंगो लाग्न सकेको छैन् ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ७ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।