Logo

राजनीति

सांसद अनिताको प्रश्न सरकारले कस्तो भैँसी ब्यायो ? दूध क-कसले खान पाए ?



राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले सरकारलाई एक वर्ष सम्म सुन्य उपलब्धि गरेर गफमै बिताएको आरोप लगाएकी छिन् । उनले एक वर्ष सम्म सरकारले काण्डैकाण्डमा बिताएको आरोप लगाउँदै कस्तो भैँसी ब्यायो ? दूध क–कसले खान पाए ? भन्दै प्रश्न गरेकी छिन् ।

सांसद देवकोटाले सरकारले जवाफ दिनुपर्ने माग राखे.की छिन् । बुधबार प्रधान्मन्त्री केपी शर्मा ओलीले सरकार सफल रहेको कुरा भैसी ब्याएको उदाहरण दिएर गरेका थिए।

सांसद बिना पोखरेलले सामूहिक रूपमा सांसद आवासगृह र आवतजावत गर्न सवारीसाधनको व्यवस्था गर्न माग गरेकी थिइन। सांसद प्रकाश पन्तले गएको माघ महीना नेपाली खेलकूद क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको चर्चा गर्दै अपाङ्गता भएका व्यक्तिको उपचारमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद रामप्रित पासवानले सरकारको छात्रवृत्ति दलितमैत्री बन्न नसकेको आरोप लगाए। सांसद रमेशप्रसाद यादवले बारा जिल्लाको बसहा सिँचाइ आयोजना पूरा गर्न, सांसदका बीचमा विभेद नगर्न र प्राकृतिक संरक्षणमा ध्यान दिन वन मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

,,,,,,,,,
ष्ट्रियसभाकी सांसद अनिता देवकोटाले सरकारको एक वर्षे कार्यकाल काण्डैकाण्डमा बितेको बताएकी छन् । सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्माको ‘हेर्दाहेर्दै भैंसी ब्यायो, दूध पनि दियो‘ भन्ने भनाइको खण्डन गरेकी हुन् ।

‘हिजो मात्रै प्रधानमन्त्री ज्यूले भैसी पनि ब्यायो, दूध पनि दियो भन्नु हुन्थ्यो । भैसी कस्तो ब्यायो रु दूध कोकोलाई पुग्यो सभाध्यक्ष ज्यू रु’ सांसद देवकोटाले विशेष समयमा बोल्दै भनिन्, ‘भैसीको दूध सिंहदरबाभित्र मात्रै पुग्ने गरेको छ ।’

प्रधानमन्त्री ओलीले बुधबार राजधानीमा आयोजित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सरकारको एक वर्षे सफलता सुनाउँदै ‘हेर्दाहेदैै भैसी ब्यायो १ दूध पनि दियो, पाडी पनि पायो १ ‘ नेपाली जनताले देख्न खोजेको दिन यही हो’ भनेका थिए ।

सांसद देवकोटा नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य हुनुभएको हो ।

 

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ८ : ३४ बजे